समाचार

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १३ साउन/ पोखरामा नेपालका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’ शुरु भएका छ । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याका बारेमा छलफल र मेयर÷उपमेयरको अनुभव आदान प्रदान गर्ने छन् । आइतबार पोखरा घोषणापत्र जारी गर्दै सकिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको छ । पहिलो दिन मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनमा भएका… पुरा पढौ

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता
पोखरा, १३ साउन/ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा, १२ साउन / पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवन पद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा… पुरा पढौ

पोखरामा महानगरका मेयरहरुको सम्मेलन

पोखरा महानगरपालिका
पोखरा, ११ साउन/ पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा महानगरका मेयरहरूको सम्मेलन आयोजना हुने भएको छ । ६ वटै महानगरका मेयरहरुले साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको हो । पोखरा साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ शीर्षकमा प्रस्तुती दिनेछन् । कार्यक्रममा… पुरा पढौ

रुपाताल माथि झोलुङ्गे पुल निर्माण, १ करोड ३७ लाख लागत, पर्यटकलाई आक्रर्षण

रुपाताल माथि झोलुङ्गे पुल
पोखरा, ११ साउन/ पर्यटकीयलाई तान्न रुपाताल माथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्ण पछि रुपा ६ का बासिन्दालाई आउजाउ गर्न सहज हुने छ । पुनल पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले उद्घाटन गरे । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी… पुरा पढौ

पहिरोले पृथ्वी राजमार्गको तनहुँको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध
पोखरा, १० साउन/ बर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ । पहिरो हटाएर एकतर्फी सञ्चालनको तयारी रहेका प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुदै आएको छ । पुरा पढौ

तालबाराही मन्दिर दक्षिण ढल्किइन्, पूर्ननिर्माण कहिले ?

ताल बाराही मन्दिर
सागर राज तिमिल्सिनापोखरा, ९ साउन/ पोखरामा फेवाताल बीचमा ताल बाराही मन्दिर छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । पर्यटकीय नगरी पोखरामा आउने जो कोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्दछन् । माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर रहेका कारण पनि सौन्दर्य अत्यन्त मनमोहक छ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुग्नका लागि ढुङ्गा चढेर पुग्नु पर्दछ । पोखरा पुगेका पर्यटक यो मन्दिरमा अधिकांश पुग्ने… पुरा पढौ

चितवनमा श्रीमतीको हत्या गरी भाग्दा श्रीमानको पनि मृत्यु

साउन, ९ चितवन/ चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे) लाई घरको बैठक कोठामा गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई धारिलो हतियार प्रहार… पुरा पढौ

सोमबार ४.७ रेक्टर स्केलको भूकम्प

भूकम्प
काठमाडौं, ९ साउन/ सोमबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछाप सहित काठमाडौंमा समेत महसुस गरिएको थियो । पुरा पढौ

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता

भारतीय राजदुत श्रीवास्तव र पोखराका प्रमुख आचार्य बीच भेटवार्ता
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ । प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ । पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा… पुरा पढौ