समाचार

पोखरा २३ मा सामुदायिक भवन निर्माणका लागि जग्गादान

पोखरा २३ मा सामुदायिक भवन निर्माणका लागि जग्गादान
पोखरा, २९ भदौ/ पोखरा महानगरपालिका २३ ओखलढुङ्गा बस्ने झापा पराजुलीको परिवारले गाउँमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि करीब ०–८–२–१ बराबरको जग्गा दान दिएका छन् ।झापा पराजुली, उनका छोरा टंकराज, बुहारी ईन्दिराले मालपोत कार्यालय कास्कीबाट ओखलढुङ्गा शिव शक्ति महिला समूह तथा भवन निमार्ण समितिलाई जग्गा रजिष्टे«शन पास गरेर दिएका शिव शक्ति महिला समूहकी अध्यक्ष देबु पराजुलीले जानकारी दिए ।भवन निमार्ण समितिका शिव शक्ति समूहको सचिब राधी पराजुलीका अनुसार गण्डकी प्रदेश भौतिक योजना मन्त्रालयबाट चालू आर्थिक वर्षमा भवन निमार्णका लागि ५ लाख… पुरा पढौ

पोखरामा वृद्धाको घाँटीबाट सुनको सिक्री चुडाए टाप

चोरी
पोखरा, २९ भदौ/ पोखरा १५ निराजनचोस्थित एक वृद्धाको घाँटीबाट मंगलबार बिहान सिक्री लुटेको छन् । ८७ वर्षीया दिलमाया थापाले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री विहान घर अगाडिबाटै लुटिएको हो । घर छेउमा झार उखेलिरहेको बेला स्कुटरमा आएका दुई युवाले घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेका हुन् ।प्रहरीले चोरी गरेर भागेको खोजी भईरहको जनाएको छ । पुरा पढौ

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता र पुस्तक प्रदर्शनी हुने

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता र पुस्तक प्रदर्शनी हुने
पोखरा, २७ भदौ/ पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । आइतबार एक कार्यक्रम आयोजना गरी कार्यक्रमको बारेमा जानकारी दिइएको छ । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी वा शैक्षिक संस्थामा आवद्ध नभएका तर पुस्तक पढ्ने र पुस्तक समीक्षा गर्न इच्छुक व्यक्ति खुला रुपमा सहभागी हुन सक्ने छन् । आयोजक सिएफएन नेपालका अध्यक्ष अस्मित भुसालले भने, ‘पठन संस्कृति र किताबप्रतिको मोह… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी (कस्को कति मत सहित)

पवन प्रजापति
पोखरा, २७ भदौ/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रजापतिले १ हजार ६ सय १३ मत ल्याएर निर्वाचित भए । उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पराजित गरे । पोखरेलले ८ सय ९७ मत प्राप्त गरे । प्रजापतिको प्यानलबाट उपाध्यक्षबाहेका सबै पदाधिकारी र कार्यसमिति सदस्य ६ जना विजयी भए । वरिष्ठ उपाध्यक्षमा पवन समूहका गोकर्ण कार्की विजयी बने । गोकर्णले १ हजार ७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले… पुरा पढौ

प्रहरीले पोखराबाट ८ जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, २६ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरु साथबाट प्रहरीले २ सय ११ पत्ती तास नियन्त्रण लिएको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप… पुरा पढौ

पोखराबाट लिफ्ट दिएर सामूहिक बलात्कार

बलात्कार
पोखरा, २६ भदौ/ पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पु¥याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् । माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको प्रहरीलाई बताएका कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । पिडित महिलाले… पुरा पढौ

पोखरा आर्ट ग्यालरी, पुस्तकालय र सटरमा पोखरा महानगरले चलायो डोजर

पोखरा आर्ट ग्यालरी, पुस्तकालय र सटरमा पोखरा महानगरले चलायो डोजर
पोखरा, २३ भदौ/ पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी, पुस्तकालय र ३२ वटा सटरहरु पोखरा महानगरपालिकाले भत्काउन शुरु गरेको छ । पोखरा महानगरपालिका कै स्वामित्वमा रहेको दुई वटा भवन पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो । महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोलीले भत्काएको हो । माथील्लो तलामा पुस्तकालय र ग्यालरी भएपनि तल्लो तलामा सटर थिए । सटरबाट महानगरले भाडा लिदै आएको थियो । तर, सटर बिचौलियाको… पुरा पढौ

सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

सराङकोटमा ६१ फिट अग्लो गणेशको मुत्र्ति बन्ने
सागर राज तिमिल्सिनापोखरा, २२ भदौ/ पोखरा १८ महानगरपालिका सराङकोटमा ६१ फिट अग्लो पन्चमुखि गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो । गणेशको मूर्ति स्थापना गर्न बुधबार पोखराका मयेर धनराज आचार्यले शिलन्यास गरेका छन् । उनले विदेशी पर्यटकले नेपाल सगँ पोखरा र सराङकोटको फर्केर जादाँ पनि सम्झने गरेको बताए । उनले मूर्तिको निमार्ण पछि पोखरा आउने पर्यटकलाई सराङकोट पुग्दा घुम्नाका लागि फुल प्याकेज हुने बताए । सराङकोटबाट पोखरा बजारको… पुरा पढौ

भूमिहीनहरूले लालपुर्जा पाइँदैन कि भन्ने कुराको शङ्का नगर्नुहोस्ः प्रमुख आचार्य

भूमिहीनहरूले लालपुर्जा पाइँदैन कि भन्ने कुराको शङ्का नगर्नुहोस्ः प्रमुख आचार्य
पोखरा, २२ भदौ/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं।१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा… पुरा पढौ

‘अबको नेतृत्व क्षमतावान युवालाई’

पोखरेल प्यानललाई औद्योगिक क्षेत्रको साथ
पोखरा, २२ भदौ/ पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् । पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउँछन् । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उनले भने, ‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ । उहाँसँग… पुरा पढौ