अमेरिकी डीभीको आवेदन खुल्यो, यि कुरामा ध्यान दिनु होस्

-


     क्लिक गण्डकी     
     असाेज २१ गते २०७९ मा प्रकाशित


अमेरिकी डीभी

अमेरिकी डीभी

पोखरा, २१ असोज/ अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ ।

१९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जारी गरेको सुचनामा उल्लेख छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्ने जनाएको छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

U.S. Embassy, Nepal 

२०२४ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन हिजो राति अर्थात असोज १९ गते रातिको ९:४५ बजेबाट कार्तिक २२, २०७९ सम्मको लागि खुलेको छ। आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने हामी तपाईंलाई हामीले दिएका सुझावहरूमा ध्यान पुर्याउन आग्रह गर्दछौं:

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।

२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।

४. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आँफैं सजिलै भर्न सक्नुहुन्छ। आफ्नो आवेदन बुझाउनुअघि देहाएका सुझावहरू राम्ररी पढ्नुहोस्: https://travel.state.gov/…/diversity-visa-instructions…

The applications for Diversity Visa (DV) 2024 opened yesterday, October 5, at 9:45 pm Nepal time until November 8, 2022. If you’re thinking of applying, we strongly recommend that you follow the guidelines listed below:

1. Follow the instructions carefully.

2. List all family members on your application.

3. Use a recent photo from the last six months.

4. Don’t pay for services you don’t need like paying for sponsors or the documents you don’t need.

Applying for DV is free and easy, you can do it yourself. Go to https://dvprogram.state.gov/ to apply. Please read the complete instructions before submitting your application: https://travel.state.gov/…/diversity-visa-instructions…



Tags: ,