दशै
पोखरा, १९ असोज/ मंगलबार रातीबाट परेको पानीका कारण झरीले दशैमा भन्झट् भएको छ ।
वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त सगँ आशिरवाद लिन जान कठिनाइ भइरहेको छ ।
पोखरा, काठमाडौँ सहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।
प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ । विगत १२ घण्टामा पोखरामा १ सय ७ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी छ ।