समाचार

पोखरा २३ ठुलाखेतमा मध्ये रातमा घर भित्र चितुवा छिरेपछि ……

चितुवा
पोखरा, ८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा गएराति एक घरमा चितुवा छिरेको छ । ठुलाखेतका चिडामणी गौतमको घरमा गएराति करिब ४ बजे घर भित्र चितुवा छिनेको हो । बिरालो लखेट्दै गएको चितुवा घर भित्र पसेको पोखरा वडा नम्बर २३ कि वडा सदस्य शान्ति पराजुलीले बताइन् । ‘बिरालो घर भित्र पसेछ,’ पराजुलीले भन्निन् ‘बिरोलोलाई पछ्याउदै चितुवा पनि घर भित्र पसेछ ।’ चितुवा घर भित्र परेपछि घरबाहिर रहेका चुडामणी घर भित्र रहेका अन्य सदस्यलाई घर बाहिर निकालेको उनले बताइन् ।… पुरा पढौ

पोखराको खाल्टेमसिनामा एक युवक मृत फेला

पोखरा, ८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।स्याङ्जाको विरुवा घर भएका १९ वर्षीय राम गुरुङ खाल्टेमसिनामा सरस्वति गौतमको घरमा डेरामा बस्दै आएका थिए । शनिबार राति पब्जि खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केको बताइन्छ । आइतबार बिहान घरको ट्वाइलेटको पिल्लरको रडमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।… पुरा पढौ

भक्तपुरमा रुख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको ज्यान गयो

भक्तपुरमा रुख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको ज्यान गयो
भक्तपुर, ८ साउन/ भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरमा लाग्दा तीन जनाको मृत्यु भएको छ । आइतबार दिऊसो सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको हो । रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको थियो । लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले थिचेको थियो । रूख ढलेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।मृत्यु भएका तीनमध्ये एक… पुरा पढौ

पोखरामा युबतीमाथि सामूहिक बलात्कार

बलात्कार
पोखरा, ७ साउन/ पोखरमा एक युबतीमाथि सामूहिक बलात्कार भएको छ । पोखराको लेकसाइडको एक होटलमा युवतीलाई सामूहिक बलात्कार भएको हो । इटहरी जिल्ला घर भएकी युबतीलाई २ जनाले बलात्कार गरेका हुन् । बलात्कारमा सम्लग्न रहेको आरोपमा नुवाकोट बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित राजु रावत भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले असार २२ गते आफुलाई सामुहिक बलात्कार भएको जाहेरी दिएकी छन् । पीडित युुुवतीले काठमाडौं जिल्लाको मालीगाउँ प्रहरी वृत्तमा जाहेरी दिएपछि… पुरा पढौ

नागरिकता विधेयक पारित, यस्ता छन् ९ प्रावधान, के के हुन् थाहा पाउनुहोस्

प्रतिनिधि सभा
पोखरा, ७ साउन/ प्रतिनिधि सभाबाट नागरिकता ऐनको संशोधन विधेयक शुक्रबार बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेका थिए । नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो । अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ । नागरिकता विधेयक पारित भएसँगै नेपालमा कोही विरोधमा उत्रिएका पनि छन् । नागरिकता विधेयक पारित भएपछि नेपालमा अब ९ वटा परिवर्तन आउने भएको छ । १ जन्मसिद्धका सन्तानले नागरिकता पाउने… पुरा पढौ

कोभिड संक्रमणदर बढेपछि गण्डकी प्रदेशको बैठक, जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

कोभिड संक्रमणदर बढेपछि गण्डकी प्रदेशको बैठक, जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह
पोखरा, ७ साउन/ कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ । यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, ५ असार/ पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर मंगलबार राति एटिएम मेसिन भित्र भएके करिब १५ लाख रकम चोरी भएको प्रहरीले जनाएको छ । राति पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चोरी भएको हो । घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजी भईरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस… पुरा पढौ

पोखराका मेयर धनराज आचार्यको सम्पती ४३ करोड ६१ लाख

धनराज आचार्य
पोखरा, ५ साउन/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक पोखरा महानगरपालिको वेबसाइट मार्फत सार्वजनीक गरेका छन् । मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोडेर पैसा चोरी

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, ४ साउन/ पोखरामा एटिएम मेसिन फोडेर पैसा चोरी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौ चोकमा रहेको एनएमवि बैैकको एटिएम मेसिन फोडेर पैसा लगेको हो । एटिएम मेसिनको बाक्सा नजिकैको खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । एटिएममा कति पैसा थियो र कति चोरी भयो भन्ने बैंकले निकाली सकेको छैन । चोरीमा संलग्नको खोजी कार्य जारी रहेका प्रहरीले जानकारी दिएको छ । यस अगाडी पोखरा महानगरपालिकाको गेट नजिक रहेको एनआइसी एशिया बैंको एटिएम फोड्ने प्रयास भएको थियो… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलाई कोरोना संक्रमण

पोखरा, ३ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो । उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको… पुरा पढौ