सन्तोष सुबेदी
पोखरा, ७ असोज/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष सुबेदीले भदौ महिनाको उत्कृष्ट प्रदेश प्रहरीबाट पुरस्कृत भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कायालय पोखराले बिहीबार सुबेदीलाई उत्कृष्टबाट पुरस्कृत गरेको हो ।
सुबेदीले पोखरामा भएको एटिएमबाट पैसा चोरी, विन्ध्यवासिनी मन्दिरको पैसा सहितको दानपेटिका चोरी, तनँहुमा भएको कर्तव्य ज्यान घटनाको अनुसन्धान र विभिन्न समयमा लागुऔषध सम्बन्धीका फरार प्रतिवादीहरुलाई पक्राउ गरी उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको हो ।