
जुवा तास
पोखरा, ९ असोज/ कास्की प्रहरीले पोखरा महानगरपालिका १० बुद्ध चोक बस्ने कुमार कार्कीले संचालन गरेको एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना सहित नगद २ लाख १५ हजार २ सय ५० र २०८ पत्ती तास सहित पक्राउ गरेको हो ।
सिसि क्यामेराको हार्डडिक्स एउटा, मनिटर एउटा समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा १० का ४५ बर्षिय कुमार कार्की, ४६ बर्षिया मिलेन्द्र कुमार रन्जित, २६ का ३३ बर्षिय सन्तोष पाण्डे, पोखरा १४ का ४६ बर्षिय श्रीराम आले, १३ का ४५ बर्षिय ओम बहादुर नेपाली, पोखरा १४ चाउथेका ४९ बर्षिय खोम बहादुर थापा, पोखरा १० बुद्धचोकका ५२ बर्षिय भरत प्रसाद न्यौपाने, पोखरा १४ का ४२ जित बहादुर सारु र पोखरा ७ रत्नचोकका ३६ बर्षिय शिव सुबेदी रहेका छन् ।