पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव
पोखरा, १० असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ ।
महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामा महोत्सबको पहिलो दिन नौ वटै देविको रुप सहितको रथारोहण सहितको शोभायात्रा निकालेको हो ।
विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगेको थियो ।
शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको समितिका अध्यक्ष गणेश वहादुर श्रेष्ठले बताए ।
कास्कीको कास्कीकोट दरबारको कालीका मन्दिर, पोखराको फेवाताल बिचमा रहेका तालबाराही मन्दिर, भद्रकालाी मन्दिर, अकला मन्दिर लगाएमा दर्शनार्थीहरुको घुइचो लागेको छ ।