#विन्ध्यवासिनी मन्दिर

पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब

विन्ध्यवासिनी मन्दिर
पोखरा, २५ असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजाको तयारी गरिएको छ । भेटी र दान घटेपछि आम्दानी बढाउन मन्दिरले इन्टरनेट पूजाको तयारी गरेको हो । कोरोना कालमा पनि इन्टरनेटबाट पूजा गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र समितिका सचिव तीर्थ श्रेष्ठले बताए । उनले विदेशबाट पुजा गर्नका लागि अनुरोध गर्दै आएको बताउदै इन्टरनेटबाट गर्ने बारेमा छलफल भएको बताए । २०७३ सालबाट मन्दिरको भेटी समितिले लिन थालेको हो । यसअघि पुजारीले लिँदै आएका भेटी व्यवस्थापन समितिले लिनेर पुजारीहरुलाई तलब दिने गरेको उनले बताए ।… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

विन्ध्यवासिनी मन्दिर
पोखरा, २३ असोज/ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा… पुरा पढौ

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव
पोखरा, १० असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ । महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामा महोत्सबको पहिलो दिन नौ वटै देविको रुप सहितको रथारोहण सहितको शोभायात्रा निकालेको हो । विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख,… पुरा पढौ