समाचार

फेवातालको मापदण्ड भित्र संरचना निर्माण गर्न प्रतिबन्ध र अवैध संरचना हटाउने सूचना

पोखरा, १ असोज/ फेवातालको मापदण्ड भित्र संरचना निर्माण गर्न प्रतिबन्ध लगाउने तथा अवैध संरचना हटाउने सम्बन्धी पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सूचना । पुरा पढौ

फेवातालको किनारमा निर्माणाधीन संरचना हटाउन पोखरा महानगर आग्रह

फेवातालको किनारमा निर्माणाधीन संरचना हटाउन पोखरा महानगर आग्रह
पोखरा, १ असोज/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल देखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले निर्देशन दिएका हुन् । ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिए । महानगरको निर्देशनलाई अटेर गरी… पुरा पढौ

‘पोखरा आर्ट क्याम्प’ शुरु, विभिन्न देशका १ सय १८ कलाकार सहभागी

‘पोखरा आर्ट क्याम्प’ शुरु, विभिन्न देशका १ सय १८ कलाकार सहभागी
पोखरा, १ असोज/ पोखरामा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा आर्ट क्याम्प शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आज देखी ४ गतेसम्म ‘पोखरा आर्ट क्याम्प’ चल्ने छ । क्याम्पमा नेपाल सहित भारत, बङ्गलादेश र इरानका गरी १ सय १८ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पको पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले उद्घाटन गरे । अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा पोखरा आर्ट क्याम्प शुरु भएको हो । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र… पुरा पढौ

पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन

पोखरा विश्वविद्यालयमा विद्यार्थीको रिले अनसन
पोखरा, ३१ भदौ / पोखरा विश्वविद्यालयमा विद्यार्थीले रिले अनसन थालेका छन् । विश्वविद्यालयले अनावश्यकरुपमा सम्बन्धन दिएको विरोधमा विगतदेखि नै आन्दोलन गर्दै आएको नेविसंघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिले माग पूरा गर्न दबाबका लागि रिले अनसन नै थालेको हो । लेखनाथस्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थी अनसन बसेको विद्यार्थी नेता राजीव भण्डारीले बताए । इकाइ सभापति सिरोज सुवेदीले आफूहरुको माग सम्बोधन नगरी उल्टै झुठा मुद्दा लगाउने काम विश्वविद्यालयले गरेको बताए । विश्वविद्यालयले हालसम्म ५८ कलेजलाई सम्बन्धन बाँडेको उनले बताए ।… पुरा पढौ

पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सूचना !

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको अत्यन्त जरुरी सूचना ! पुरा पढौ

पोखरामा दुई हजार जना अटाउने सम्मेलन केन्द्र बन्ने

सम्मेलन केन्द्र
पोखरा, ३१ भदौ/ पोखरामा दुई हजार जना अटाउने सम्मेलन केन्द बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न लक्ष्यका साथ सम्मेलन केन्द्र निमार्ण गर्न लागेको हो । सहरी विकास तथा भवन निर्माण विभाग पोखरा–९ नयाँ बजारमा निमार्ण गर्ने भएको हो । हाल प्रदर्शनी केन्द्र रहेको जग्गामा पोखरा सम्मेलन केन्द्र निर्माणका लागि डिपिआर तयार भएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । प्रदर्शनी केन्द्र रहेको ३३ रोपनी जमिनमा पोखरा सम्मेलन… पुरा पढौ

चाडवाड लक्षित छुट योजना संचालन गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

चाडवाड लक्षित छुट योजना संचालन गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह
पोखरा, ३१ भदौ/ पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् । ‘ चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ,सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’ अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाडलक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा… पुरा पढौ

पोखरा पिस क्लबको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

पोखरा पिस क्लबको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
पोखरा, ३० भदौ/ सामाजिक विकृति र विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लबले बिहीवार क्लबको १७ औं स्थापनाका दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखासँग समन्वय गरि संयुक्तरुपमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यबाट पहिलो रक्तदाता विष्णु सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे । आचार्यले वडाभित्र पुरानो इतिहास बोकेर निरन्तर क्रियाशील रहेको साथै विभिन्न कार्यक्रममार्फत जिल्ला तथा राष्ट्रिय रुपमा पनि परिचित हुने कार्य गरिरहेकाले यस्ता गतिविधिमा निरन्तर पाइला अगाडि… पुरा पढौ

पोखरामा मुख्यमन्त्रीको कार्यालय जान बाटोको रुख ढल्यो

पोखरामा मुख्यमन्त्रीको कार्यालय जान बाटोको रुख ढल्यो । तस्बिरः हरि पहारीको फेसबुकबाट
पोखरा, ३० भदौ/ पोखरा ७ सहिद चोक नजिकै बिहीबार रुख ढलेको छ । सहिद चोकबाट अर्को चोक हुदै गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालय जाने बाटोको रुख ढलेको हो । चोकैको चौतारोमा रहेको पिपलको रुखका हागाँहरु भाचिएका छन् । जस्ले गर्दा अन्य रुखमा पनि लागेर अन्यका पनि हागाँ भाचिएर बाटो अवरोध गरेको प्रहरीले जानकारी दिएको छ । अहिले रुखका हागाँ काटेर बाटो पन्छाउने काम भइरहेको छ । पुरा पढौ

कारितास नेपालको आयोजनामा महेन्द्र माविमा बाल दिवस

कारितास नेपालको आयोजनामा महेन्द्र माविमा बाल दिवस
पोखरा, ३० भदौ/ पोखरा २० भलाम रहेको महेन्द्र माध्यमिक विद्यालयमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । कारितास नेपाल, नेपाल निबिको पाजन तथा उत्थानसलता परीयोजना अन्तरगत बालबालीका तथा युवा सशक्तिकरण परियोजनाले विभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयमा चित्रकला प्रतियोगीता, बृक्षारोपण कार्यक्रम र प्राथामीक उपचारका समान हस्तान्तरण गरेको छ । ५८ औ बाल दिवस ̏वालमैत्री समाजको आधारः जिम्मेवारी परिवारको उत्तरदायी सरकार” भन्ने नाराका साथ कार्यक्रम गरेको हो । चित्रकला प्रतियोगीतामा कक्षा १० मा अध्यनरता दुर्गा भूजेल प्रथम, कक्षा… पुरा पढौ