समाचार

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर
पोखरा, २० असार/ पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका… पुरा पढौ

चुनावदेखि झगडा, पछि हत्या, मेयर पक्राउ

किशोर हत्याकाण्डमा मुछिएकी मेयर अम्बिका चलाउने (माथि) र हत्या गरिएका विनोद शाही।
अछाम, २० असार/ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । १७ बर्षिय विनोद शाही जेठ २१ गते गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस्तै, वडा–४ का कर्णबहादुर शाही,… पुरा पढौ

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

धनराज आचार्य
पोखरा, १७ असार/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसंग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने… पुरा पढौ

पोखरामा ४६ लाख सहित तीन चिनियाँ र एक नेपाली पक्राउ

होटल ब्रज इन्
पोखरा, १६ असार/ कास्की प्रहरीले पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ गरेको छ । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित पक्राउ गरेका हुन् । पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ र तीन जना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने… पुरा पढौ

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै
पोखरा, १५ असार/ जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले… पुरा पढौ

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर… पुरा पढौ

पोखरा मेयर धनराज आचार्य र काठमाडौंको मेयर बालेन्द्र शाह बिच भेट, पोखरा सम्मेलन गर्ने

पोखरा मेयर धनराज आचार्य र काठमाडौंको मेयर बालेन्द्र शाह बिच भेट
पोखरा, १४ असार /पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाह बीच मंगलबार भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् । साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख… पुरा पढौ

तनहुँमा दुर्घटना हुदाँ १ जनाको मृत्यु

दुर्घटना
तनहुँ, १४ असार/ पृथ्वी राजमार्गको तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ गएको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा नामथर वतन नखुलेका मोटरसाइकल चालक अन्दाजी २६/२७ वर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

पोखरा न्युरोडको अर्बौंको जग्गा पोखरा उपत्यकाको हुने फैसला

जिल्ला अदालत कास्की
पोखरा, १४ असार/ जिल्ला अदालत कास्कीले पोखरा न्युरोडको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जग्गामा समितिको दाबी पुग्ने फैसला गरेका हुन् । हाल चल्तीमा रहेको जग्गाको भाउ अनुसार अर्बौँ रुपैयाँ पर्ने सो जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ का कोइराला परिवारको दाबी रहँदै आएको थियो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको जग्गा सार्वजनिक र सरकारी कायम गरिपाऊ भनि नागरिक समाजका… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय
पोखरा, १४ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयको नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक त्रय डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे । आफ्नै पहलमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । पुस्तकालयसँगै कफी जोनपनि राखिएको उनले बताए । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन् । समाजलाई प्रहरीसँग… पुरा पढौ