बेगनासतालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     असाेज २९ गते २०७९ मा प्रकाशित


बेगनास र रुपा ताल

बेगनास र रुपा ताल

पोखरा, २९ असोज/ शुक्रबार बेगनास तालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पोखराको माझीकुना स्थित बेगनासतालमा डुङ्गा पल्टिँदा एक पुरुषको मृत्यु हो ।

पोखरा १३ बाझपाटन घर भएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृत्यु भएको हो । गुरुङले माझीकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएका थिए ।

उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस लगत्तै महिलाको उद्धार गरेर खोजीकार्य थाले पनि गुरुङ भने फेला परेका थिएनन् ।

करिब साढे चार बजे डुबेका गुरुङको शव दुई घण्टापछि फेला परेको थियो । पाँच वर्षदेखि अस्ट्रेलिया बस्दै आएका गुरुङ चार्ड मनाउन नेपाल आएका थिए । लाइफ ज्याकेट नलगाई आफै डुङ्गा लिएर जाँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ ।



Tags: