गण्डकीमा हेभिवेट भिड्न्त, कस्ले मार्ला बाजी

-


     क्लिक गण्डकी     
     असाेज २४ गते २०७९ मा प्रकाशित


पुष्पकमल दाहाल प्रचण्ड

पुष्पकमल दाहाल प्रचण्ड

पोखरा, २४ असोज/ मंसिर ४ गते हुने प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनमा गण्डकीमा केही हेभिवेट नेता चुनावी मैदानमा छन् । गण्डकीका १८ वटा प्रतिनिधसभा निर्वाचन क्षेत्र र ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा शीर्ष पार्टीका पदाधिकारी सहित ठूला नेता चुनाव लड्दै छन् ।

गण्डकीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । उनी गोरखा २ बाट चुनाव लड्दै छन् । प्रचण्डसँग एमालेका अब्दुस मियाँ चुनावी मैदानमा छन् । त्यसै गरी हेभिवेट उमेद्वार हुन् नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल । उनले तनहुँ क्षेत्र नम्बर १ बाट उमेद्वारी दिएका छन् । उनलाई हराउन उनकै पार्टीका पूर्व सहमहामन्त्री गोविन्द्रराज जोशी पनि चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलङु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उमेद्वावरी दिएका छन् । उनी सत्ता गठबन्धनबाट उमेद्वारी दिएका हुन् । अर्को हेभिवेट भिडन्त लमजुङ हुँदैछ । लमजुङमा माओवादी केन्द्रका महासचिब देवप्रसाद गुरुङ र एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङ आम्ने साम्ने हुदै चुनावी मैदानमा छन् । उनीहरु लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाब लड्दै छन् ।

त्यसै गरी स्याङजामा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिब पद्मा अर्याल स्याङजा २ बाट प्रतिनिधि सभाका लागि भिड्दै छन् । त्यसै गरी अहिलेका शिक्षामन्त्री तथा माओवादी सचिब देबेन्द्र पौडेल बागलुङ २ बाट चुनावी मैदानमा छन् । उनी सगँ एमालेकी मञ्जु चालिसे चुनावी दौडमा छन् ।

त्यसै गरी नवलपुर १ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइराला चुनावी दौडमा छन् । कोइराला विरुद्ध एमालेका कृष्णप्रसाद पौडेलले उमेद्वारी दिएका छन् । एमालेका संघठन विभाग प्रमुख खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ क बाट प्रदेशसभाका लागि उमेद्वारी दिएका छन् । उनी सँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दिपक कोइराला चुनावमा होमिएका छन् ।

त्यसैगरी एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ तनहुँ २बाट प्रतिनिधि सभा निर्वाचनका लागि उमेद्वारी दिएका छन् । उनी सगँ नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी लड्दै छन् ।



Tags: