काग्रेसका बागी उमेद्वार महादेव गुरुङलाई पुतली चिन्ह्

-


     क्लिक गण्डकी     
     असाेज २७ गते २०७९ मा प्रकाशित


महादेव गुरुङ

महादेव गुरुङ

पोखरा, २७ असोज/ कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बागी उमेद्वारी दिएका महादेव गुरुङले पुतली चिन्ह पाएका छन् ।

नेपाली कांग्रेसका पुराना नेता गुरुङले गठबन्धनका उम्मेदवार श्रीनाथ बराल विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए । बुधबार बिहान १० बजेबाट १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको भए पनि उनले उम्मेदवारी कायमै राखे । उनलाई निर्वाचन आयोगले पुतली चिन्ह् दिएको हो ।

अहिलेको अवस्थाका गठबन्धनका नाममा नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएकै कारण आफूले उम्मेदवारी दिएको गुरुङले बताउँदै आएका छन् ।

उम्मेदवारी फिर्ता लिन सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि आफूले इन्कार गरेको उनले बताए । उनी कास्की जिविस पूर्व सभापति उनी प्रतिनिधिसभामा विजयी भएर राज्यमन्त्री पनि भइसकेका व्यक्ति हुन् ।



Tags: