समाचार

राष्ट्रपति भण्डारी पोखरामा, विभिन्न कार्याक्रममा सहभागी हुदै, अन्नपूर्ण केबलकारको अवलोकन

राष्ट्रपति भण्डारी पोखरामा, विभिन्न कार्याक्रममा सहभागी हुदै, अन्नपूर्ण केबलकारको अवलोकन
पोखरा, ३१ साउन/ राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौडेलले जानकारी दिए । राष्ट्रपति भण्डारीले अबलोकनका साथै केबलकारमा सबार समेत गरेकी थिइन् । अबलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता रहेका थिए । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएकी उनले आज बिहान ८.३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने, ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको… पुरा पढौ

रेवानको आयोजनमा पोखरामा चार दिने आधारभूत बेकरी तालिम

रेवानको आयोजनमा पोखरामा चार दिने आधारभूत बेकरी तालिम
पोखरा, २९ साउन/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराको आयोजनामा पोखरामा चार दिने आधारभूत बेकरी तालिम सम्पन्न भएको छ । पोखराका विभिन्न होटल तथा रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरे हो । तालिमको समापन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले तालिमले गुणस्तरी बेकरी उत्पादनका लागि सहयोगी बन्ने बताए । गुणस्तरी सामानको बजारीकरणका खाँचो नरहेको उनको भनाई छ । पछिल्लो समय नेपालमा गुणस्तरीय कच्चा प्रदार्थ नहाउदा उत्पादीत सामग्रीहरु पनि गुस्तरीय हुन नसकेको बताए । उनले नेपालमा नै जनशक्तिको अभाव… पुरा पढौ

पोखराको बुलौदीमा कार दुर्घटना

पोखराको बुलौदीमा कार दुर्घटना
पोखरा, २८ साउन/ गएराती पोखरा महानगरपालिका ७ बुलौदीमा कार दुर्घटना भएको छ । राती करिब साढे १ बजे दुर्घटना भएको हो । हल्नचोकबाट जिरोकिमि तर्फ जादै गरे ग२च ५५२१ कार सडकमै पल्टिएको थियो । सडकमै पल्टिएर कारमा सबार ४ जना घाइते भएको थिए । कार दुर्घटना पछि जम्मा भएका युवाहरुले कारलाई पल्टाएर कारमा सवारहरुलाई निकालेका थिए । कारबाट निस्के पछि सबै फरार भएको स्थानीयले बताए । कार अत्याधिक स्पिडका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पुरा पढौ

फोनिज दिवसः लम्जुङका आश र कास्कीका उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’

फोनिज दिवसः लम्जुङका आश र कास्कीका उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’
पोखरा, २८ साउन/ कास्कीका पत्रकार उदयबहादुर अमात्य र लम्जुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ अर्पण गरिएको छ । स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार फोनिजको २३ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) अर्पण गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय अमात्य र गुरुङलाई जनही दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरे ।… पुरा पढौ

पोखरा महलमा आगोलागि करिब १ करोडको क्षति

आगोलागि
पोखरा, २८ साउन/ गएराती पोखरा ९ पृथ्वीचोक स्थित पोखरा महलमा आगालागि भएको छ । पोखरा महलमा रहेको २० नम्बर सरटमा रहेको फेन्सी पसलमा राती करिब ९ बजे आगोलागि भएको हो । आगोलागिबाट पसलमा रहेका समानहरु जलेर नस्ट भएका छन् । भरत खत्रीले सन्चालन गर्दै आएको फेन्सीमा रहेका कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसि क्यामरा लगाएतका सामानहरु जलेका प्रहरीले जानकारी दिएको छ । आगोलागिबाट करिब १ करोड क्षति गरको प्रहरीको अनुमान छ । आगोलाई पोखरा महागनरपालिकाको दमक, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतमको उमेद्वारी घोषणा

शोभा गौतम
पोखरा, २६ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको उपमहासचिबमा शोभा गौतमले उमेद्वारी घोषणा गरेकी छन् । भदौ २४ र २५ गते हुने ३४ औं महाधिबेशनमा गौतमले उपमहासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अहिले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् । संघको अध्यक्षमा अहिले उपाध्यक्ष अर्जुन पोखरेल र पवन प्रजापतिले उमेद्वारी घोषणा गरेका छन् । पुरा पढौ

पुम्दीकोट विशाल शिव मन्दिर सम्म पुग्ने बाटो १० करोडमा पिच हुने, गुणस्तरिय काम गर्नुहोस्ः मन्त्री बराल

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा २५, साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताउनु भएको छ । उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताउनु भएको हो । उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गर्नु भयो । सडक विस्तारको… पुरा पढौ

पोखराका विभिन्न स्थानबाट लागू औषध सहित ४ जना पक्राउ

पोखराका विभिन्न स्थानबाट लागू औषध सहित ४ जना पक्राउ
पोखरा, २५ साउन/ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ठाउँबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १३ खत्रीचोक बस्ने ४४ को सन्तोष भन्ने ईन्द्रमान गुरुङलाई पक्राउ गरेको हो । उनका साथबाट डाईजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी जम्मा १५९ एम्पुल लागू औषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी पोखरा १३ बाँझपाटन बस्ने ४० बर्षिय विकाश गुरुङले स्कुटरमा… पुरा पढौ

रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगनालाई

सुमन ढुंगना
पोखरा, २५ साउन/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगानालाई प्रदान गर्ने भएको छ । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई पुरस्कार प्रदान गर्ने भएको छ । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिता योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार प्रदान गरि प्रोत्साहन गर्न लागिएको अध्यक्ष बरालले बताए । यस पुरस्कारबाट… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोरी चोरी गर्न खोज्ने एक जना पक्राउ

पोखरामा एटिएम मेसिन फोरी चोरी गर्न खोज्ने एक जना पक्राउ
पोखरा, २२ साउन/ पोखरा १७ बिरौटामा रहेको एनआइसि एसिया बैंकको एटिएम मेशिन फोर्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एटिएम मेशिन फोर्दै गरेको सुचना पाएपछि प्रहरीले एटिएम फोर्दै गरेको अवस्थामा पर्वत कुश्मा नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २३ का कृष्ण बहादुर बिकलाई पक्राउ गरेको हो । विकलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थपगरी थप अनुसन्धान गरीरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । विक यस भन्दा अगाडी माछापूच्छ्रे बैकको एटिएम… पुरा पढौ