समाचार

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा खस्यो

दुर्घटना
पोखरा, १७ असोज/ पोखराबाट झापा जाँदै गरेको कार सोमबार बिहान त्रिशुलीमा नदीमा खसेको छ । बा १० च ५४४५ नम्बरको कार नारायणगढ मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँबाट अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कार चालक लिला भट्टराई र उनकी श्रीमती देउकला दाहाल रहेका थिए । उनीहरु सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरेका थिए । कार अनियन्त्री भएपछि नदीमा खसको कार चालक भट्टराईले बताए । उनले आफुले पौडी खेल्न… पुरा पढौ

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता पुरा पढौ

नेपाली काग्रेसबाट कास्की ३ ख मा देबेन्द्र केसीको चर्चा

देबेन्द्र केसी
पोखरा, १६ असोज/ स्थानीय निर्वाचनमा केही स्वतन्त्र रुपमा निर्वाचनमा उत्रिएका युवाले जित हासिल गरेपछि संसदिय निर्वाचनमा दलहरुले युवाहरुलाई नै अगाडी बढाउने तरखरमा छन् । त्यसै तै कास्की क्षेत्र नम्बर ३ ख मा नेपाली काग्रेसबाट युवा नेतृत्वको चर्चा बढ्दो छ। उमेरले ३६ टेक्दा नटेक्दै युवा व्यवसायीका रुपमा चिनिएका देबेन्द्र केसी ब्यवसायिक सफलतामा छन् । केसीले कास्की ख को टिकट हात पार्ने तीब्र चर्चा काँग्रेसमा चलेको छ । लामो राजनीति नभै उद्धमशीलताका माध्यम हुँदै राजनीतिक यात्रामा होमिएका केसी सृजनशील युवा राजनीतिकर्मी हुन्।… पुरा पढौ

मर्दी टे«क चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु

सुदीप गौतम
पोखरा, १५ असोज/ पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न गएका थिए… पुरा पढौ

पोखरा महानगरले सृजनाचोक स्थित भवनको भूमिगत पार्किङ खुल्ला, अन्यलाई पनि खाली गर्न अनुरोध

पोखरा महानगरले सृजनाचोक स्थित भवनको भूमिगत पार्किङ खुल्ला
पोखरा, १२ असोज/ पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नै भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो । यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डद्वारा साथी संसार नेपाललाई सहयोग

काइण्डनेस क्लब मदरल्याण्डद्वारा साथी संसार नेपाललाई सहयोग
पोखरा, १२ असोज/ बाल्यकालदेखि नै दया, माया र करुणाको भाव जागृत गर्ने उद्देश्यले मदरल्याण्ड माविमा स्थापित काइण्डनेस क्लब मदरल्याण्डले साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । क्लबले साथी संसार नेपालका १० बालबालिकाहरु झोला, गम्छा, मोजा, कापीकलम, तथा अन्य खाद्यान्न सामग्री वितरण गरेका छन् । कार्यक्रममा साथी संसार नेपालमा उपस्थित बालबालिका (मस्तिष्क पक्षघातका शिकार बनेका बालबालिका) हरुले आफ्नो परिचय दिन तथा प्रतिभा देखाउने काम गरेका थिए। साथी संसार नेपालका संयोजक नारायण अधिकारीले मस्तिस्क पक्षघातको साथै काइण्डनेस क्लब मदरल्याण्डलाई आभार व्यक्त… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा पुगेर पोखरामा मेयरले भने– अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला

पोखरा औद्योगिक क्षेत्रमा पुगेर पोखरामा मेयरले भने– अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ला
पोखरा,१२ असोज/ पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन् । ‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ तर मेरो वडामा भने फाल्न पाइँदैन भन्ने नागरिकहरु छन्’,उनले सो प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै भने,‘अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्लाजस्तो छ ।’ मेयर आचार्य पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले मंगलबार पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै थिए । उनले पोखराको ल्याण्डफिल साइट स्थानन्तरण नभए आउँदो पुसबाट हुने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलो… पुरा पढौ

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव
पोखरा, १० असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ । महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामा महोत्सबको पहिलो दिन नौ वटै देविको रुप सहितको रथारोहण सहितको शोभायात्रा निकालेको हो । विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख,… पुरा पढौ

पोखरामा जुवा खेल्ने ९ जना २ लाख १५ हजार सहित पक्राउ

जुवा तास
पोखरा, ९ असोज/ कास्की प्रहरीले पोखरा महानगरपालिका १० बुद्ध चोक बस्ने कुमार कार्कीले संचालन गरेको एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना सहित नगद २ लाख १५ हजार २ सय ५० र २०८ पत्ती तास सहित पक्राउ गरेको हो । सिसि क्यामेराको हार्डडिक्स एउटा, मनिटर एउटा समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने पुरानो टुँडिखेल मेला

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने पुरानो टुँडिखेल मेला
पोखरा, ८ असोज/ सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो । ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’… पुरा पढौ