समाचार

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिश देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै एक व्यासायीले नाक खुम्च्याउन थाले । उनले भन्दै थिए, ‘भोट माग्न मात्र आउँछन् गर्ने केही होइन् ।’ उनी आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा रहेछन् । हाते ट्याक्टर व्यावसायी उनले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए ।… पुरा पढौ

भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही

भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही
पोखरा, १२ भदौ/ पोखरा महानगरपालिकाले महानगर भित्रका निमार्ण भएका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ । नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ । अन्य प्रयोजनका लागि प्रयोग गरिदैं आएका भूमिगत तला आइतबारको दिन देखि ३५ दिनभित्र खाली नगरेमा कारबाही गरिने सूचनामा उल्लेख गरेको छ । पुरा पढौ

पुरानो टुडिखेलमा तीज मेलाः आइतबार देखि विभिन्न प्रतियोगिताहरु सुरु

पुरानो टुडिखेलमा तीज मेलाः आइतबार देखि विभिन्न प्रतियोगिताहरु सुरु
पोखरा, ११ भदौ/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु ऐतिहासिक तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा सुरु मेलामा आईतबारदेखि विभिन्न प्रतियोगिताहरु सुरु हुदैछन् । मेलामा आमा समुह स्तरीय मौलिक तीजगीत प्रतियोगिता, खुल्ला तीज गृहिणी नृत्य प्रतियोगिता, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता,… पुरा पढौ

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?

डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?
पोखरा ११, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको नाममा डगडान्स जस्ता नृृत्यले तिजको मौलिकपन हराउदै विकृति फैलिदै गएको बताउनु भएको छ । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही भदौं १४ गतेसम्म संचालन हुने तीज मेला तथा पुरुष भलिवल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले बताए । तीजमा हुने कार्यक्रम कुनै न कुनै नेपाली पन झल्कनु पर्ने उहाँको भनाई थियो । अहिलेका तीज गीतमा समृद्धि र संघियताको बारेमा… पुरा पढौ

पोखरामा वर्षा, नालामा खसेर बालकको मृत्यु

पोखरा, ११ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १६ मा नालामा खसेर एक जनाको मृत्यु भएको हो । गएराति परेको बर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ बर्षिय रविन तिवारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । पोखरा १९ काउरेका रविन आमा र दिदी सगँ दरखाएर राति साढे ८ बजे घर फर्किदै गर्दा नालामा खसेको उनले बताए । राति नालामा खसेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । नालामा खसेको करिब साढे १ घण्टामा भेटिएका उनलाई पोखराका… पुरा पढौ

पोखरा टुडिखेलमा तीज मेला शुरु

पोखरा टुडिखेलमा तीज मेला शुरु
पोखरा १०, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा महानगरपालिका वडा नम्बर १ का ऐतिहासिक बस्तुहरुको संरक्षणमा सबै एक हुन पर्ने बताउनु भएको छ । इन्द्रेणि एकिकृत विकास समाजले शुक्रबार देखि पोखराको पुरानो टुडिखेलमा आयोजना गरेको ऐतिहासिक तिज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । ऐतिहासिक महत्व बोकेका बस्तुहरुको संरक्षणको निम्ति एकताको खाँचो भएको बताउदै मन्त्री बरालले ऐतिहासिक बस्तुहरुको व्यबस्थापन गर्न पोखरा १ बासीहरु लाग्नु पर्नेमा जोड दिनुभयो । पोखरा वडा नम्बर… पुरा पढौ

पोखरा महानगरमा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु हुने

पोखरा महानगरमा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु हुने
पोखरा, १० भदौ/ पोखरा महानगरपालिकाले सेवामा एकद्वार प्रणाली र हेलो मेयर कार्यक्रम शुरु गर्ने तयारी थालेको छ । एकद्वार प्रणाली धेरै पटक बहसमा उठ्ने गरेको थियो । एकद्धार प्रणाली जनताले सहजता पाउने छन् । नगरबासीका समस्या सुन्न हेल्लो मेयर समेत शुरु हुने छ । हेल्लो मेयरका लागि ११८१ रहेको छ । पुरा पढौ

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य शुरु

पोखरामा भूमिहीनलाई निस्सा वितरण कार्य शुरु
पोखरा, ७ भदौ/ पोखरा महानगरपालिका २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो सङ्घर्ष गरेकी सिता गुरुङ थापा आज निकै खुसी छिन् । सुकुम्वासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुने गरेको उनी सुनाउँछिन् । ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो, उनले भनिन्, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’ निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । सङ्घर्षरत… पुरा पढौ

पोखरामा एटिएम फोरेर चोरी गर्ने भारत भाग्दै गर्दा पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ५ भदौं/ पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोरेर चोरी गर्ने एक जनालाई प्रहरील पक्राउ गरेको छ । चोरीमा गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने २१ बर्षिय अनिश तामाङलाई पक्राउ गरेर आइतबार सार्वजनीक गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रूपन्देही बेलहिया… पुरा पढौ

कास्कीकोटमा दहीको होली खेलीयो

दहीको होली
पोखरा, ५ भदौ/ श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा दहिको होली खेल्न उत्साही थिए । सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षण तथा प्रर्वदन गर्न पोखरा २४ वडा कार्यलयले आगामी दिनमा अझै व्यवस्थीत बनाउदै थप प्रचार प्रसार गर्नु पर्ने वडा अध्क्षय भरत वहादुर अधिकारीले बताए । दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको दहिको होली… पुरा पढौ