समाचार

सराङकोटमा ६१ फिट अग्लो गणेशको मूर्ति बन्ने

सराङकोटमा ६१ फिट अग्लो गणेशको मुत्र्ति बन्ने
सागर राज तिमिल्सिनापोखरा, २२ भदौ/ पोखरा १८ महानगरपालिका सराङकोटमा ६१ फिट अग्लो पन्चमुखि गणेशको मूर्ति बन्ने भएको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वयमा गणेशको मूर्ति निमार्ण हुन लागेको हो । गणेशको मूर्ति स्थापना गर्न बुधबार पोखराका मयेर धनराज आचार्यले शिलन्यास गरेका छन् । उनले विदेशी पर्यटकले नेपाल सगँ पोखरा र सराङकोटको फर्केर जादाँ पनि सम्झने गरेको बताए । उनले मूर्तिको निमार्ण पछि पोखरा आउने पर्यटकलाई सराङकोट पुग्दा घुम्नाका लागि फुल प्याकेज हुने बताए । सराङकोटबाट पोखरा बजारको… पुरा पढौ

भूमिहीनहरूले लालपुर्जा पाइँदैन कि भन्ने कुराको शङ्का नगर्नुहोस्ः प्रमुख आचार्य

भूमिहीनहरूले लालपुर्जा पाइँदैन कि भन्ने कुराको शङ्का नगर्नुहोस्ः प्रमुख आचार्य
पोखरा, २२ भदौ/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं।१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा… पुरा पढौ

‘अबको नेतृत्व क्षमतावान युवालाई’

पोखरेल प्यानललाई औद्योगिक क्षेत्रको साथ
पोखरा, २२ भदौ/ पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ । मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् । पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउँछन् । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उनले भने, ‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ । उहाँसँग… पुरा पढौ

चौथो वार्षिकोत्सवमा फोटोग्राफी अवार्ड वितरण

चौथो वार्षिकोत्सवमा फोटोग्राफी अवार्ड वितरण
पोखरा, २२ भदौ/ फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ । भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो । उक्त प्रतियोगितामा पर्वतका समीर रेग्मी विजेता बनेका छन् । प्रकृति तथा ल्यान्डस्केप विधामा उनको तस्बिर उत्कृष्ट घोषित भएको थियो । उनले उत्कृष्ट तस्बिरका लागि ५ हजार एक… पुरा पढौ

पोखरा जेसीजको सप्ताह, फेवा आधारभूत विद्यालयमा दन्त शिविर

पोखरा जेसीजको सप्ताह, फेवा आधारभूत विद्यालयमा दन्त शिविर
पोखरा, २१ भदौ/ पोखरा जेसीजको जेसीज सप्ताह २०२२ अन्तरगत तेस्रो दिन दन्त शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित फेवा आधारभूत विद्यालयका विद्यार्थीको निःशुल्क दन्त शिविर र शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको पोखरा जेसीजका अध्यक्ष मिनराज खड्काले जानकारी दिए । कार्यक्रमको पोखरा महानगरपालिका वडा नंम्बर २३ का वडा अध्यक्ष रामकाजी गुरुङले उद्घाटन गरे । प्राविधिक सहयोगी डक्टर्स डेन्टल तथा इम्प्लान्ट सेन्टर प्रालि पोखरा, फेवा आधारभूत विद्यालय का विद्यालय व्यवस्थान समिति अध्यक्ष श्याम बहादुर गुरुङ, प्रधानध्यापक… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा
पोखरा, १९ भदौ/ पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी… पुरा पढौ

जिपिटिएलाई आइएसओ प्रमाणपत्र, गण्डकीमा पहिलोपटक अधिकृतलाई सेवाकालीन तालिम

जिपिटिएलाई आइएसओ प्रमाणपत्र, गण्डकीमा पहिलोपटक अधिकृतलाई सेवाकालीन तालिम
पोखरा, १९ भदौ / गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए) ले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि सेवाकालीन तालिम सुरु गरेको छ । सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक यस्तो तालिम सुरु गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । मुख्यमन्त्री पोखरेलले उक्त अवसरमा प्रतिष्ठानले प्राप्त गरेको आइएसओ ९०००१ः २०१५ को प्रमाणपत्र पनि सार्वजनिक गरे । प्रतिष्ठानले निश्चित प्रक्रिया पूरा गरेर क्वालिटी अस्ट्रियाबाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो । प्रतिष्ठानले केही समय अगाडि गरेको संघीयतामा… पुरा पढौ

कक्षा १२ को परीक्षामा मदरल्याण्डका सम्राट कास्कीमा उत्कृष्ट

सम्राट ढुङ्गाना
पोखरा, १९ भदौ/ कक्षा १२ को परीक्षामा पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका छात्र सम्राट ढुङ्गाना कास्की जिल्ला मै उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । उनले कक्षा १२ को परीक्षमा विज्ञान विषयमा ३.८८ जिपिए ल्याउदै उत्कृष्ट बनेका हुन् । उनी कास्की जिल्लामा प्रथम स्थान हाँसिल गर्न सफल भए । कक्षा चारबाट मदरल्याण्ड माध्यमिक विद्यालयमा पढ्दै आएका उनी इन्जिनियरीङ पढ्ने तयारीमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए । पोखरा १४ चाउथे बस्दै आएका उनी अमेरिकामा छात्रवृत्तिमा पढ्न… पुरा पढौ

पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला

पोखरा महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला
पोखरा, १७ भदौ/पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा।लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याईने बताउनुभयो । “हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुररयाईने छ, उहाँले भन्नुभयो, एक वर्षभित्रमा… पुरा पढौ

पोखरा महेन्द्रपुलका सार्वजनिक जग्गामा बनेका भवन भत्काउने

पोखरा महेन्द्रपुलका सार्वजनिक जग्गामा बनेका भवन भत्काउने
पोखरा, १६ भदौ/ पोखराको महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन महानगरले भत्काइने भएको छ । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ती भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरेका छन् । महेन्द्रपुल सार्वजनिक शौचालय तथा पार्क निर्माण संघर्ष समितिले बुधबार पोखरामा सरोकारवालासँग गरेको कार्यक्रममा मर्सानीले ती भवन भदौ २२ गते पछि भत्काइने बताए । महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने सटरमा… पुरा पढौ