कास्कीमा मतदान शुरु, मतदाताको उत्साह जनक सहभागीता

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०७९ मा प्रकाशित


मतदान गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की ३ का उमेद्वार जिवन बराल ।

मतदान गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की ३ का उमेद्वार जिवन बराल ।

पोखरा, ४ मंसिर /कास्कीमा उत्साह जनक रुपमा मतदान शुरु भएको छ । कास्की सबै मतदान केन्द्रमा बिहान देखी नै उत्साहजनक रुपमा मतदानमा सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।

गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री तथा कास्की क्षेत्रनम्बर ३ का उमेद्वार रामजीप्रसाद बराल जीवनले पोखरा २२ को महेश्वरी मा.वि.मा मतदान गरेका छन् । बिहान करिब ७ः०० बजे महेश्वरी मा.वि.को ग मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा २२ मा ३ मतदान स्थलमा ७ केन्द्र रहेका छन भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन् ।