कास्कीको मतगणना स्थलमा तारजाली, गण्डकी प्रदेशमा १८ लाख मतदाता

-


     क्लिक गण्डकी     
     मंसिर ३ गते २०७९ मा प्रकाशित


मतगणना स्थलमा तारजाली

मतगणना स्थलमा तारजाली

पोखरा, ३ मंसिर/ कास्कीमा मतपेटिका राख्ने र मतगणना स्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थल जिल्ला समन्वय समितिको सभाहलमा तयार पारेको छ ।

त्यसै गरी कास्की क्षेत्रनम्बर १ ले पोखरा १० पशु कार्यालय र कास्की क्षेत्र नम्बर २ को पोखरा सभागृहमा मतपेटिका राख्ने र मतगणना स्थल तयार पारेको छ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ ।

कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । हरेक मतदान केन्द्रमा ८ जना कर्मचारी र ३ जना स्वयंसेवक खटाइएको छ । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।

गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् ।

गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।



Tags: