समाचार

महानगर सम्मेलन ७ बुदे घोषणापत्र जारी, महानगरपालिकालाई छुट्टै ऐनको माग

महानगर सम्मेलन
पोखरा, १५ साउन/ महानगरका मेयरहरुको पोखरा सम्मेलनले ७ बुदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । घोषणापत्रको पहिलो नम्बरमा नै संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन निर्माण गर्ने माग गरेका छन् । शनिबार सम्पन्न भएको बैठकको आइतबार पत्रकार सम्मेलन संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएका हुन् । सेवालाई प्रभावकारी बताउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय… पुरा पढौ

महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे

महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे
पोखरा, १४ साउन/ देशभरका महानगर प्रमुखहरूको उपस्थितिमा सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवाहरू सारिएको छ । महानगर मेयर सम्मेलन २०७९ का लागि पोखरा आउनुभएका ६ वटै महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा सार्नु भएको हो । पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खालि जग्गामा सौन्दर्यीकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । साथै अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले… पुरा पढौ

गण्डकी प्रदेशमा ४ जना विद्यार्थीलाई ४ जीपिए

पोखरा, १४ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार गण्डकी प्रदेशमा ४ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पछिल्लो समाचार अनुसार कास्कीबाट दुई र लम्जुङबाट दुई जना विद्यार्थीले ४ जीपिए ल्याएका हुन् । कास्कीको पोखरा ७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका न्यौपाने, कास्की लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेले ४ जीपीए ल्याएका हुन् । अर्धसरकारी यस विद्यालयमा कक्षा ५ बाट पढ्दै आएका स्याङजा घर भएका न्यौपानले ४ जीपीए ल्याएका हुन् । काठमाडौंको बुढानिलकण्ठ विद्यालयले छनौट गरी पठाएका १० मध्ये एक… पुरा पढौ

इन्जिनमा समस्या आएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

यति एयरलाइन्स
पोखरा, १३ साउन/ पोखराबाट शुक्रबार बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइनको जहाजको बायाँ इन्जिनमा समस्या आएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी पाएको थिए । जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए । जहाजमा ४५ जना यात्रु थिए । जहाजको काठमाडौंबाट इन्जिनियरहरु आएर समस्या समाधानको पहल गरेका छन् । पुरा पढौ

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १३ साउन/ पोखरामा नेपालका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’ शुरु भएका छ । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याका बारेमा छलफल र मेयर÷उपमेयरको अनुभव आदान प्रदान गर्ने छन् । आइतबार पोखरा घोषणापत्र जारी गर्दै सकिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको छ । पहिलो दिन मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनमा भएका… पुरा पढौ

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता
पोखरा, १३ साउन/ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा, १२ साउन / पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवन पद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा… पुरा पढौ

पोखरामा महानगरका मेयरहरुको सम्मेलन

पोखरा महानगरपालिका
पोखरा, ११ साउन/ पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा महानगरका मेयरहरूको सम्मेलन आयोजना हुने भएको छ । ६ वटै महानगरका मेयरहरुले साझा विषयमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागेको हो । पोखरा साउन १३ र १४ गते हुने सम्मेलनले महानगरका साझा मापदण्ड तय गरेर घोषणा पत्र जारी पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने सम्मेलनमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ‘संघीयता, महानगर र अबको बाटो’ शीर्षकमा प्रस्तुती दिनेछन् । कार्यक्रममा… पुरा पढौ

रुपाताल माथि झोलुङ्गे पुल निर्माण, १ करोड ३७ लाख लागत, पर्यटकलाई आक्रर्षण

रुपाताल माथि झोलुङ्गे पुल
पोखरा, ११ साउन/ पर्यटकीयलाई तान्न रुपाताल माथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्ण पछि रुपा ६ का बासिन्दालाई आउजाउ गर्न सहज हुने छ । पुनल पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले उद्घाटन गरे । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी… पुरा पढौ

पहिरोले पृथ्वी राजमार्गको तनहुँको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तनहुँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध
पोखरा, १० साउन/ बर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ । पहिरो हटाएर एकतर्फी सञ्चालनको तयारी रहेका प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुदै आएको छ । पुरा पढौ