कास्की ३ मा घण्टीलाई पछिपार्दै दामदरको अग्रता

-


     क्लिक गण्डकी     
     मंसिर ६ गते २०७९ मा प्रकाशित


दामोदार

पोखरा, ५ मंसिर/ पोखरा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । कास्की ३ प्रतिनिधि सभा र प्रदेशसभा ३ क को प्रत्येक्ष र समानसपातिक तर्फको गणना भइरहेको छ ।

कास्की ३ मा १ लाख १ हजार ७ सय १५ रहेकोमा ६१ हजार ४ सय १४ मतदान गरेका छन् । ३ क मा २९ हजार ७ सय ८३ र ३ ख मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।

कास्की ३ मा नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले अहिले अग्रता लिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । १५ जना उमेद्वार रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १, १८, १९ को मतगणना हुदाँ बैरागीले अग्रता लिएका हुन् । पोखरा १ र १८ मा पछि परेका बैरागी १९ मा भने लिड गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ४१८६
नेकपा एमाले दामोदार पौडेल बैरागी ४५५१
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन २९७८



Tags: ,