समाचार

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव

पोखरा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव
पोखरा, १० असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ । महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामा महोत्सबको पहिलो दिन नौ वटै देविको रुप सहितको रथारोहण सहितको शोभायात्रा निकालेको हो । विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख,… पुरा पढौ

पोखरामा जुवा खेल्ने ९ जना २ लाख १५ हजार सहित पक्राउ

जुवा तास
पोखरा, ९ असोज/ कास्की प्रहरीले पोखरा महानगरपालिका १० बुद्ध चोक बस्ने कुमार कार्कीले संचालन गरेको एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना सहित नगद २ लाख १५ हजार २ सय ५० र २०८ पत्ती तास सहित पक्राउ गरेको हो । सिसि क्यामेराको हार्डडिक्स एउटा, मनिटर एउटा समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने पुरानो टुँडिखेल मेला

यसरी हुँदैछ पोखरामा दसैं भित्राउने पुरानो टुँडिखेल मेला
पोखरा, ८ असोज/ सताब्दीभन्दा पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो । ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’… पुरा पढौ

गण्डकी प्रदेश प्रहरीको भदौ महिनाको उत्कृष्ट पुरस्कार सुबेदीलाई

सन्तोष सुबेदी
पोखरा, ७ असोज/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष सुबेदीले भदौ महिनाको उत्कृष्ट प्रदेश प्रहरीबाट पुरस्कृत भएका छन् । गण्डकी प्रदेश प्रहरी कायालय पोखराले बिहीबार सुबेदीलाई उत्कृष्टबाट पुरस्कृत गरेको हो । सुबेदीले पोखरामा भएको एटिएमबाट पैसा चोरी, विन्ध्यवासिनी मन्दिरको पैसा सहितको दानपेटिका चोरी, तनँहुमा भएको कर्तव्य ज्यान घटनाको अनुसन्धान र विभिन्न समयमा लागुऔषध सम्बन्धीका फरार प्रतिवादीहरुलाई पक्राउ गरी उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको हो । पुरा पढौ

बेगनास र रुपा तालको पानीले पम्प स्टोरेज गरेर विद्युत उत्पादन गर्ने

बेगनास र रुपा ताल
पोखरा, ५ असोज/ नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडी बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवाला सगँ छलफल गरेको छ । पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराका लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब १५० मेगावाट विद्युत् उत्पादन… पुरा पढौ

पोखरामा एटिएम फोरी चोरी गर्न खोज्ने ३ जना पक्राउ

पोखरामा एटिएम फोरी चोरी गर्न खोज्ने ३ जना पक्राउ
पोखरा, ५ असोज/ पोखरामा एटिएम फोरी चोरी गर्न प्रयास गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । असोज ३ गते पोखरा ९ नयाँबजारमा रहेको कृषि विकास बैंकको एटिएम मेसिन फोर्न प्रयास गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एटिएम फोर्न खोजेको सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले पोखरा १६ बस्ने २२ बर्षिय सन्दिप बस्नेत र १९ बर्षिय अनिस राना मगरलाई पक्राउ गरेको हो । बस्नेतलाई एटिम बुथबाट र मगरलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको कास्की प्रहरी… पुरा पढौ

पोखरामा मासुपसल अनुगमन, २५ कारबाहीमा

पोखरामा मासुपसल अनुगमन
पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार खुला रुपमा मासु राखेर विक्री वितरण गर्ने गरेको, मूल्यसुची नटाँसेको र सररफाइमा लापबाही गरेको देखीएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको बताए । उनीहरुलाई ५ हजारका दरले जरिवाना सहित गल्ती नदोहो¥याउने सर्तमा छोडिएको बताए । अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रका… पुरा पढौ

पोखरामा फेरी एटिएम फुटाउने प्रयास, एक जना पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ४ असोज/ पोखराको लेकसाइड स्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटिएम फुटाउने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो । सोमबार राति एटिएम फोडेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनको साथबाट खुकुरी बरामद गरेको उनले बताए । पोखरामा पछिल्लो समय… पुरा पढौ

उद्योगपति गणेशबहादुर श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक (अरु कस्कस्ले पाए सहित)

गणेशबहादुर श्रेष्ठ
पोखरा, ४ असोज/ पोखरा समाजसेवी तथा उद्योगपति गणेशबहादुर श्रेष्ठ कीर्तिमय राष्ट्रदिप पदकबाट लाई प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले प्रदानहरुमा पोखराका श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक प्रदान गर्ने भएको हो । विन्ध्यवासिनी क्षेत्रविकास समितिका अध्यक्ष श्रेष्ठ, लक्ष्मी हाउसका सन्चालक हुन् । त्यसै गरी पोखरा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई जनसेवा श्री पदक प्रदान गरिने भएको छ । त्यसै गरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई जनसेवा श्री बिभुषण, सुप्रसिद्द प्रवल जनसेवा पदकबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ,… पुरा पढौ

फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका प्रेम थापाका फोटो मनोनयनमा

प्रेम थापा
पोखरा, ३ असोज/ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड प्रतियोगितामा उनको फोटो मनोनयनमा परेको हो । विगत तीन वर्षदेखि पोखराको परिचय डटकममा फोटो पत्रकारिता गर्दै आएका प्रेमको फोटो नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२, खेलकुद फोटोपत्रकारिता विधा २०२२ र गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२२ मा उत्कृष्ट ५ भित्र पर्न सफल… पुरा पढौ