
विद्या भट्टराई
पोखरा, ६ मंसिर/ कास्की २ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले पोखरा १५, ७ र १७ वडाको गणनामा पछि परेपनि पोखरा २१ गणना भए सगँ अग्रता लिएकी हुन् ।
उनले ५ हजार ५ सय ८९ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९३ मत पाएका छन् ।
त्यसै गरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३ सय ६७ मत पाएका छन् । कास्की–२ मा यस अघिसम्म स्वतन्त्र पार्टीका कँडेलले अग्रता लिएका थिए।





