समाचार

पोखराको पुरानो टुडिखेलमा हुने तीजमेलाको उपप्रायोजकमा अन्नपुर्ण केबलकार

पोखराको पुरानो टुडिखेलमा हुने तीजमेलाको उपप्रायोजकमा अन्नपुर्ण केबलकार
पोखरा, ४ भदौ/ हरितालिका तीज २०७९ को अवसर पारी पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हुने तीजमेलाको लागि अन्नपुर्ण केबलकार उप प्रायोजक गर्ने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला भर्दौ १० देखि १६ गते सम्म चल्नेछ । पोखरा १८ सेदी स्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीजमेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण कोईराला र केबलकारका तर्फबाट संचालक एंव निर्देशक… पुरा पढौ

लेखनाथको अर्घाैंचोकको एटिएम फोर्ने एक जना पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ४ भदौं/ गत साउन २ गते पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोरेर चोरी गर्ने एक जना पक्राउ परेका छन् । चोरीमा संलग्न रहेको आरोपमा पोखरा ३१ का अनिश तामाङलाई गण्डकी प्रदेश प्रहरी कार्यालय र डाँडाको नाक प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले घटनामा एक जना पक्राउ परेको भएपनि घटनाको अनुसन्धान जारी रहेका कारण थप विवरण खुलाउन नमिल्ने बताए । तामाङले विना हातहतियार एटिएमको बक्स खोलेर… पुरा पढौ

रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगना सम्मानित

रेवान पत्रकारिता पुरस्कारबाट सुमन ढुंगना सम्मानित
पोखरा, २ भदौ/ रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले प्रदान गर्दै आएको रेवान पत्रकारिता पुरस्कार सुमन ढुंगाना सम्मानित भएका छन् । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सांसद राजिब पहारी, रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरे । रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा ढुंगनालाई पुरस्कृत गरेको हो । गरिने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । पत्रकारिताका मार्फत पोखरको पर्यटनमा योगदान पु¥याए बापत ढुंगनालाई पुरस्कार… पुरा पढौ

पोखराको कालिकामा दुई घरमा चट्याङ

चट्याङ
पोखरा, २ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ मा गएराति चट्याङ पर्दा दुई घरमा क्षती पुगेका छ । पोखरा २८ कालिकामा शिव अधिकारी र दिपक भुजेलको घरमा चट्याङ पर्दा क्षती भएको जिल्ला समन्वय कास्कीका पुर्व अध्यक्ष बैनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार शिव अधिकारीको घरमा बन्नै नमिल्ने गरेर क्षती पुरेको र दिपक भुजेलका घरमा क्षती गरेको बताए । घरमा रहेका भाडामा क्षती पुगेको छ भने अधिकारीको घर ठाउँमा ठाउँमा चर्किएको उनले बताए । घरका सदस्यहरु घर बाहिर रहेको बेला… पुरा पढौ

स्वास्थ्यमा समस्या भएपछि हिमानी शाह अस्पताल भर्ना

हिमानी शाह
काठमाडौं, २ भदौ/ पूर्वयुवराज्ञी हिमानी शाहलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । घाँटी दुख्ने समस्या निको नभएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् । साउन २४ गते हिमानी ट्रष्टको कार्यक्रममा भाग लिन अस्ट्रेलिया गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार नेपाल फर्किएकी थिइन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । पुरा पढौ

ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना

ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना
पोखरा, ३१ साउन / पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर यस वर्ष ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखी कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखीनै विभिन्न उपहार योजना मार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज… पुरा पढौ

शिक्षामा लगानी अनुरुप प्रतिफल हालिस हुन सकेन –राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी सगँ तस्बिर खिचाउदै ।
पोखरा, ३१ साउन/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षामा लगानी अनुरुप प्रतिफल हासिल गर्न नसेको बताइएकी छन् । मंगलबार पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह समापनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षामा लगानी अनुरुप प्रतिफल नआएको बताइन् । उनले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानी अनुरुप अपेक्षित प्रतिफल हासिल हुन नसकेको बताउदै पोखराको विन्ध्यवासिनी मावि लगायत केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा… पुरा पढौ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ
पोखरा, ३१ साउन/ पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछु, डा थापाले भन्नुभयो । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा। थापाले… पुरा पढौ

कास्कीकोटमा शनिबार दहीको होली

कास्कीकोटमा शनिबार दहीको होली
पोखरा ३१ साउन/ श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा महानगरपालिका २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ । भाद्र ४ गते शनिवार श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मिक क्षेत्रविकास समितिले जनाएको छ । गत वर्षहरुमा कोरोना कारण रोकिएको दही जात्रा यस पटक विभिन्न सांकृतिक झाँकी बाजा गाजा सहित जात्रा गरीने समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । भजन चुटका तथा… पुरा पढौ

लायन्स क्लबद्धारा विद्यार्थीलाई साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम

लायन्स क्लबद्धारा विद्यार्थीलाई साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम
पोखरा ३१ साउन/ पछिल्लो समय बढ्दो साइबर अपराधलाई दृष्टिगत गर्दै लायन्स क्लब अफ पोखरा अभियानले साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । क्लबले पोखराको नदिपुर स्थित माउण्ट अन्नपूर्ण मावि कक्षा १२ का विद्यार्थीहरुलाई साइबर अपराधको बारेमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुचना र प्रविधिको वर्तमान युगमा यसको दुरुपयोग गर्दै समाजमा साना देखि जघन्य अपराधहरु हुनु चिन्ताको विषय भएको जनाउँदै सबै मिलेर यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले… पुरा पढौ