काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्कीका दुईजनाको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०७९ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २३ कार्तिक/ काठमाडौं वसुन्धरामा बुधबार ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेको प्रहरीले जानकारी दिएको छ ।

नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ ।



Tags: