एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

-


     क्लिक गण्डकी     
     कार्तिक २० गते २०७९ मा प्रकाशित


एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

पोखरा, २० कार्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार विद्या भट्टराइले शनिबार चुनावी प्रतिद्धता सार्वजनीक गरेकी छन् । उनले चुनावी प्रतिद्धतामा रेल सेवादेखी सुरुमार्ग समेटिएको छ ।

प्रतिबद्धतापत्रमा पोखरा महानगरपालिका २१ कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षण गर्न रिजलाइन (डाँडा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने रहेको छ ।

यस्तै पोखरा महानगरपालिकालाई बाह्य सडक सञ्जालसँग जोड्न आवश्यक स्थानमा सुरुमार्ग सम्भाव्यता अध्ययन गर्ने । त्यसै गरी शिक्षा र प्रविधि क्षेत्रमा प्रविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य, सुरक्षा र खानेपानी, नर्सिड सेन्टर २४ घण्टे प्रसूति सेवा लगाएतका प्रतिबद्धता रहेका छन् ।



Tags: