समाचार

गण्डकी प्रदेश प्रहरीको भदौ महिनाको उत्कृष्ट पुरस्कार सुबेदीलाई

सन्तोष सुबेदी
पोखरा, ७ असोज/ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष सुबेदीले भदौ महिनाको उत्कृष्ट प्रदेश प्रहरीबाट पुरस्कृत भएका छन् । गण्डकी प्रदेश प्रहरी कायालय पोखराले बिहीबार सुबेदीलाई उत्कृष्टबाट पुरस्कृत गरेको हो । सुबेदीले पोखरामा भएको एटिएमबाट पैसा चोरी, विन्ध्यवासिनी मन्दिरको पैसा सहितको दानपेटिका चोरी, तनँहुमा भएको कर्तव्य ज्यान घटनाको अनुसन्धान र विभिन्न समयमा लागुऔषध सम्बन्धीका फरार प्रतिवादीहरुलाई पक्राउ गरी उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको हो । पुरा पढौ

बेगनास र रुपा तालको पानीले पम्प स्टोरेज गरेर विद्युत उत्पादन गर्ने

बेगनास र रुपा ताल
पोखरा, ५ असोज/ नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडी बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवाला सगँ छलफल गरेको छ । पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराका लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब १५० मेगावाट विद्युत् उत्पादन… पुरा पढौ

पोखरामा एटिएम फोरी चोरी गर्न खोज्ने ३ जना पक्राउ

पोखरामा एटिएम फोरी चोरी गर्न खोज्ने ३ जना पक्राउ
पोखरा, ५ असोज/ पोखरामा एटिएम फोरी चोरी गर्न प्रयास गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । असोज ३ गते पोखरा ९ नयाँबजारमा रहेको कृषि विकास बैंकको एटिएम मेसिन फोर्न प्रयास गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एटिएम फोर्न खोजेको सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले पोखरा १६ बस्ने २२ बर्षिय सन्दिप बस्नेत र १९ बर्षिय अनिस राना मगरलाई पक्राउ गरेको हो । बस्नेतलाई एटिम बुथबाट र मगरलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको कास्की प्रहरी… पुरा पढौ

पोखरामा मासुपसल अनुगमन, २५ कारबाहीमा

पोखरामा मासुपसल अनुगमन
पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार खुला रुपमा मासु राखेर विक्री वितरण गर्ने गरेको, मूल्यसुची नटाँसेको र सररफाइमा लापबाही गरेको देखीएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको बताए । उनीहरुलाई ५ हजारका दरले जरिवाना सहित गल्ती नदोहो¥याउने सर्तमा छोडिएको बताए । अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रका… पुरा पढौ

पोखरामा फेरी एटिएम फुटाउने प्रयास, एक जना पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ४ असोज/ पोखराको लेकसाइड स्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटिएम फुटाउने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो । सोमबार राति एटिएम फोडेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनको साथबाट खुकुरी बरामद गरेको उनले बताए । पोखरामा पछिल्लो समय… पुरा पढौ

उद्योगपति गणेशबहादुर श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक (अरु कस्कस्ले पाए सहित)

गणेशबहादुर श्रेष्ठ
पोखरा, ४ असोज/ पोखरा समाजसेवी तथा उद्योगपति गणेशबहादुर श्रेष्ठ कीर्तिमय राष्ट्रदिप पदकबाट लाई प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले प्रदानहरुमा पोखराका श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक प्रदान गर्ने भएको हो । विन्ध्यवासिनी क्षेत्रविकास समितिका अध्यक्ष श्रेष्ठ, लक्ष्मी हाउसका सन्चालक हुन् । त्यसै गरी पोखरा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई जनसेवा श्री पदक प्रदान गरिने भएको छ । त्यसै गरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई जनसेवा श्री बिभुषण, सुप्रसिद्द प्रवल जनसेवा पदकबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ,… पुरा पढौ

फोटोपत्रकारिता अवार्डको तीन विधामा पोखराका प्रेम थापाका फोटो मनोनयनमा

प्रेम थापा
पोखरा, ३ असोज/ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड प्रतियोगितामा उनको फोटो मनोनयनमा परेको हो । विगत तीन वर्षदेखि पोखराको परिचय डटकममा फोटो पत्रकारिता गर्दै आएका प्रेमको फोटो नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२, खेलकुद फोटोपत्रकारिता विधा २०२२ र गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधा २०२२ मा उत्कृष्ट ५ भित्र पर्न सफल… पुरा पढौ

संचारकर्मी सम्मान प्रदीप पौडेललाई

प्रदीप पौडेल
पोखरा, ३ असोज/ बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लि पोखरा–१७ ले पत्रकार प्रदीप पौडेललाई संचारकर्मी सम्मान–२०७९ बाट सम्मान गरेको छ । संस्थाको १० औं साधारणसभा अवसरमा सोमबार भरतपोखरीमा आयोजित समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले उनलाई नगदसहित सम्मान गरेका हुन् । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । इमेज च्यानलका गण्डकी ब्युरो पत्रकार पौडेल रेडियो बाराहीका समाचार प्रमुख हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य उनी… पुरा पढौ

गणेशबहादुर भट्टराईलाई जनसेवा श्री

गणेशबहादुर भट्टराई
पोखरा, ३ असोज/ पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई जनसेवा श्री प्रदान गरिने भएको छ । संविधान दिवसको दिन राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पदक उनलाई प्रदान गरिने घोषणा गरिएको हो । पोखराका पूर्व उपमेयर भट्टराई पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी समेत हुन् । उनलाई हालैमात्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो । नेपाली कांग्रेसका नेता समेत रहेका भट्टराईले पोखराको पर्यटन क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् । सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदमा… पुरा पढौ

फेवाताल किनारमा निर्माणः पोखरा महानगरले रेडी मिक्स्चर नियन्त्रणमा

फेवाताल किनारमा निर्माणः पोखरा महानगरले रेडी मिक्स्चर नियन्त्रणमा
पोखरा, २ असोज/ फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं। को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयम उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराउनु भएको थियो । तर, त्यसको भोलि पल्ट… पुरा पढौ