समाचार

पोखराको भाइरल रोड हेम्जामा एक वर्षमा ९ जनाको मृत्यु

सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच
पोखरा, २२ साउन/ पोखरा २५ हेम्जाको भाइरल रोडमा गत आर्थिक वर्षमा दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भूपिशेरचन राजमार्ग अन्तरगत हेम्जा सडक खण्डमा एक वर्षको अवधिमा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहकाले जानकारी दिए । तिब्र गतिबाट सवारी साधन चलाउदा दुर्घटना भएको उनले जानकारी दिए । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको यो संख्यात्मक आंकडालाई मध्यनजर गरी सवारीको गति मापन यन्त्र ( Radar Gun ) प्रयोग सहित ट्राफिकले चेकजांच शुरु गरेको… पुरा पढौ

पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर, निर्माणमा गण्डकी र वागमतीका मुख्यमन्त्री एकमत

कुरिनटार (चितवन) २१ साउन / साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षतिका कारण दिनहुँ जाममा फस्नुपर्ने अवस्था । मुलुकभरका सबैजसो सडकको अवस्था यही नै छ । संघीय राजधानी जोड्ने सडकहरुको अवस्था झनै दयनीय छ । विगतमा बनाइएका सडकहरु साँघुरो भएकै कारण अहिले चक्ल्याउने काम पनि भइरहेको छ । यसका कारण पनि यातायात आवतजावतमा अवरोध हुने गरेको छ । मुख्य सडकको विकल्प भइदिएको भए यो अवस्था आउने थिएन । त्रिशुली किनारमा वैकल्पिक सडक (करिडोर) निर्माणको सम्भावनाका बारेमा… पुरा पढौ

नेपालमामा ५.३ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २१ साउन/ नेपालमा शनिबार विहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौंमा समेत महसुस भएको थियो । यसअघि साउन १५ गते बिहान ८ः१३ बजे खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । २०७२ सालमा गोरखा केन्द्रविन्दु बताएर भूक्म्प गएपछि बेला बेलामा पराकम्पनहरु गइरहे पनि पछिल्लो समय नयाँ कम्पनहरु भएका छन् । पुरा पढौ

कास्कीका बाबु–छोरा प्रहरीमा एकैदिन लगाए डीएसपीको फूली

बाबुछोरा एकै दिन डीएसपीमा बढुवा
पोखरा, १९ साउन/ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारीले पनि लगाए । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भएर इतिहास बनाएका थिए । बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४… पुरा पढौ

गण्डकी सरकारले मालपोत कर बढायो, अंशबण्डा मै साढे ३ सय प्रतिशत कर

गण्डकी प्रदेश
पोखरा, १८ साउन/ गण्डकी सरकारले गाडीमा जस्तै जग्गामा समेत अत्यधिक कर बढाएको खुलेको छ । सगोल भित्रको अंशबण्डामै सरकारले चर्को कर बढाएको हो । अब गण्डकी प्रदेशका नागरिकले तीन पुस्ता भित्रको नामसारी गर्दा महानगर भए ५ हजार तिर्नुपर्छ भने नगरपालिकामा ३ हजार र गाउँपालिमा १ हजार ५ सय शुल्क लाग्ने भएको छ । गत वर्ष महानगरमा नामसारी शुल्क १ हजार ५ सय थियो । नगरपालिकामा १ हजार र गाउँपालिकामा ५ सय थियो । सबैमा साढे २ सय प्रतिशत हाराहारी शुल्क… पुरा पढौ

गण्डकीका यातायात व्यवसायी आन्दोलनमा, साउन २२ देखि गाडी नचलाउने घोषणा

गण्डकीका यातायात व्यवसायी आन्दोलनमा
पोखरा, १८ साउन/ सरकारले सवारी साधनको कर वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउन देखि प्रदेशभरका सार्वजनिक गाडी घर ग्यारेज मै थन्काउने घोषणा गरेको हो । जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागि परेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० देखि सवारी क्षमताअनुसार कर ४ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म बढेको… पुरा पढौ

प्याराग्लाइडिङको अनुमाति दिन घुस लिएको आरोपमा उपसचिव नेपाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
पोखरा, १७ साउन/ सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँ सहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट १६ लाख ५० हजार रुपैयाँ सहित २२ लाख ५० हजार सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो । उनले प्रयोग गर्ने सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । एक व्यवसायीले प्याराग्लाइडिङ… पुरा पढौ

पोखराबाट पब्लिक फोर के टिभीको परीक्षण प्रसारण सुरु

पोखराबाट पब्लिक फोर के टिभीको परीक्षण प्रसारण सुरु
पोखरा, १७ साउन/ गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरे । मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’ मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका… पुरा पढौ

कास्की प्रहरी प्रमुखमा एसपी अजय केसी, सोमबार देखि कार्यलयमा

एसपी अजय केसी
पोखरा, १६ साउन/ कास्की जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) अजय केसी काज सरुवा भएर आएका छन् ।कास्की जिल्ला प्रहरी प्रमुख रमेश थापा यति बेला तालिमको सिलसिलामा अमेरिका गएपछि केसी आएका हुन् । पोहोर असार २१ गते कास्की आएका थापा गएको असार २१ मै तालिमका लागि कास्कीबाट गएका थिए । थापाको ठाउँमा केसी प्रहरी प्रधान कार्यालयले २०७९ साउन १२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए । केसी सोमबार देखी कास्की कार्यालयमा हाजिर भएका छन् । पुरा पढौ

भारी वर्षाले सडक खोलेपछि पोखरा –१५ का खाल्डो पुर्न अघि सरे जनप्रतिनिधि

भारी वर्षाले सडक खोलेपछि पोखरा –१५ का खाल्डो पुर्न अघि सरे जनप्रतिनिधि
पोखरा, १६ साउन/ गएराती परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ । पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन् । खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै… पुरा पढौ