भोलि सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     असाेज ३१ गते २०७९ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

काठमाण्डौं, ३१ असोज/ सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमवार एक विज्ञप्ति निकालेर भोलि मंगलबार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतबार बिहान निधन भएको थियो ।

उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।



Tags: