डेंगु संक्रमित विद्या भट्टराईलाई सघन उपचार कक्षमा

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


विद्या भट्टराई

विद्या भट्टराई

पोखरा, २ कात्तिक/ एमालेकी केन्द्रीय सदस्य तथा आगामी निर्वाचनमा एमालेबाट कास्की कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् ।

मंगलबार उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

भट्टराईको अवस्था अहिले सामान्य रहेको र दुई तीन दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।



Tags: