मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल जादै

-


     क्लिक गण्डकी     
     मंसिर १ गते २०७९ मा प्रकाशित


मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल जादै

मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल जादै

पोखरा, १ मंसिर/ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू कास्कीका मतदान स्थलमा लगिएका छन् । कास्कीका दुर्गम ठाउँहरूमा बुधबार नै लगेका थिए भने नजिकका क्षेत्रमा आज लगेका छन् ।

निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले बताए । उनले आज नै सबै जना मतदानस्थलमा पुगेर सूचना निकाल्ने काम गर्ने बताए ।

उनले निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । निर्वाचनकाका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु बुझेर मतदान अधिकृत सहित सुरक्षा निकाय मतदान केन्द्र पुगेका हुन् ।

कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रबाट २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् । एउटा केन्द्रमा स्वयम सेवक सहित ११ जना कर्मचारी खटिने पराजुलीले जानकारी दिए ।

निर्वाचनका लागि आज राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि स्थिर अवधि सुरू हुने आयोगले जनाएको छ । मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जनाएको छ ।