
सार्वजनीक विदा

पोखरा, २९ कार्तिक/ निर्वाचन आयोगको सिफारीसमा सरकारले मंसिर २ देखी ५ गते सम्म विद्यालयलाई सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले मंगलबार सुचना निकालेर मंसिर ४ गते आइतबारको निर्वाचनलाई मध्ये नजर गरेर विदा दिएको हो ।
मंसिर २ गते शुक्रबार मंसिर ३ गते आइतबार र मंसिर ५ गते सोमबार सार्वजनीक विदा दिएको हो । मंसिर ३ गते शनिबार रहेकाले लगातार ४ दिन विदा परेको छ ।
सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्य निर्वाचनका लागि शिक्षण संस्था विद्यालयहरु मंसिर २ गतेदेखी ५ गते सम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु मंसिर ४ र ५ गते सार्वजनिक विदा दिएको जनाएको छ ।





