
चोरी
पोखरा, २८ असोज/ चार्डवाड बढे सगँ पोखरामा चोरी पनि बढेको छ । पोखराका ठाउँमा ठाउँमा घाँटीमा लगाएको सुनको सिक्रि चोरी गर्ने गिरोह नै लागेको छ ।
त्यसै गरी पसलहरुमा चोरीका घटना पनि बढेका छन् । असोज २५ गते मंगलबार राति पोखरा–१० शिवचोकमा रहेको कल्पना किराना स्टोर्स र अमरसिंह चोकमा रहेको एप्पल केयर एसेसरिजको सटरको ताला फोरेर सामान चोरी भएको छ ।
सो ओरोपमा पोखरा १० बस्ने विश्वास कुमाल र दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा–१० नागिनटोलमा झोलामा एप्पल केयरबाट चोरिएका सामान बोकेर हिँड्दै गरेको अवस्थामा खानतलासी गरि पक्राउ गरेको जनाएको छ ।
किराना पसलबाट चोरिएका सामान भने झोलामा पोको बनाई झाडीमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय रामबजारले किराना पसलबाट चोरी भएका हाजमोलाका बट्टा देखि कस्मेटिक पाउडर सम्म बरामद भएको जनाएको छ ।
उनीहरुबाट मोबाइल पसलबाट चोरिएका दुई सेट मोबाइलसहित अन्य इलेक्ट्रोनिक सामानहरु पनि बरामद भएको प्रहरीले बताएको छ ।
यस्तो घटना विवरण
मिती २०७९।०६।२५ गते रातको समयमा जिल्ला कास्की पोखरा-१० शिवचोक स्थितमा रहेको राज कुमार नेपालीले संचालन गरेको कल्पना किराना स्टोर्स र पोखरा-१० अमरसिंहचोकमा रहेको एप्पल केयर एसोसरिज समेतको सटरमा लगाएको ताला फोडी चोरी भएको भन्ने खवर मिति २०७९।०६।२६ गते ०७:०० बजेको समयमा खबर प्राप्त हुनासाथ यस कार्यालयवाट प्रहरी टोली खटिई गई पिडित संग समन्वय गरी चोरी गर्ने ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिलनटोल स्थितमा रहेको खाली जग्गाको झाडीमा हरियो रंगको जेब्रा झोलामा पोका बनाई लुकाई राखेको अवस्थामा राज कुमार नेपालीले संचालन गरेको कल्पना किराना स्टोर्सबाट चोरी भएका सामानहरु फेला परेको र पोखरा-१० नागिनटोल स्थीतबाट ऐ.ऐ. बस्ने बिश्वास कुमाल र दिनेश परियारलाई शंकास्पद अवस्थामा हिडिरहेको देखि शंका लागि बिश्वास कुमालले बोकेको झोला खानतलासी गर्दा पोखरा १० अमरसिंहचोक स्थित ईमरान अलिमियाले संचालन गरेको एप्पल केयर एसोसरिजबाट चोरी भएका मोवाईल, पेनड्राईभ, मेमोरी कार्ड समेतका अन्य ईलेक्ट्रोनिक्स सामानहरु फेला परेकोले निजहरुलाई चोरीका सामानहरु सहित नियनत्रणमा लिई कानुनी कारवाही अगाडी बढाईएको ।
कल्पना किराना स्टोर्सबाट चोरी भएका सामानहरु:-
बिभिन्न खालका कस्मेटिक्स पाउडर २९ वटा, कोक ५०० मि.लि.को ९ वटा, कोक १.५ लि. को ३ वटा, Sprite ५०० मि.ली. को १ वटा, Sprite १.५ लि. को २ वटा, रेडबुल १६ वटा, चिप्स ७ वटा, यु एण्ड मि चिजबल्स १३ वटा, Panda Snacks १ प्याक, करेन्ट चाउचाउ ७ वटा, Rio फ्रुटी १९ वटा, टुथ ब्रस १२ वटा, बिभिन्न रंगका मास्क ४ पोका, Choco Pie १ बट्टा, Centre fruit चुईङ्गम १ बट्टा, Hand Plast १ बट्टा, सनसिल्क शेम्पु ८८ पत्ता, हजमोला १ बट्टा, बेबि शेम्पु ४ वटा, Clear hair oil ६ वटा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पत्ता, बिभिन्न खालका मिठाई/ चकलेट १ पोका ।
एप्पल केयर एसोसरिजबाट चोरी भएका सामानहरु:-
बिभिन्न कम्पनीका एअरफोन थान-८, Samsung कम्पनीको हेडफोन थान-१, बिभिन्न कम्पनीका ब्लुटुथ साउण्ड बक्स थाना-३, High tech Power bank थान-१, १६ जि.बी.को SANDISK pen drive थान-१, Finger Slip gloves थान-३, ८ जि.बी.को मेमोरी कार्ड थान-२, १६ जि.बी.को थान-१, मोवाईल स्ट्याण्ड (रिङ) थान-१, Rock on लेखिएको चार्जर थान-१, Samsung लेखेको चार्जरको हेड थान-१, Ego-T लेखेको पेन हुक्का थान-१, Samsung कम्पनीको Ao3 core मोडलको मोवाईल थान-१, Vivo कम्पनीको Yo1 मोडल भएको मोवाईल थान-१, Card लेखेको Device थान-१ ।





