प्रदीप पौडेल
पोखरा, २३ असाज/ नेपाली कांग्रेसका तर्फबाट काठमाडौंमा प्रतिस्पर्धा गर्ने उमेदवारको टुंगो लागेको छ । शनिबार बसेको संसदीय समिति (बोर्ड)को बैठकबाट उमेदवारको टुंगो लगाइएको हो ।
मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका उमेद्वारको टुंगो लागेको काग्रेसका एक नेताले जानकारी दिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट सोही क्षेत्रका निवर्तमान सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, काठमाडौं–३ बाट सन्तोष चालिसे, काठमाडौं–४ बाट सोही क्षेत्रका निवर्तमान सांसद गगन थापाको नाम सिफारी भएको छ । काठमाडौं–५ बाट प्रदीप पौडेल, काठमाडौं–६ बाट सोही क्षेत्रका निवर्तमान सांसद भीमसेनदास प्रधान र काठमाडौं–१० बाट सोही क्षेत्रका निवर्तमान सांसद राजेन्द्रकुमार केसी चुनावी मैदानमा उत्रिने छन् ।
सत्ता गठबन्धनभित्र भागबन्डा गरिँदा कांग्रेसका भागमा काठमाडौंका १० मध्ये ६ क्षेत्र परेको छ । ती सबै क्षेत्रमा उमेदवारको टुंगो लागेको हो ।