
कास्की २ मा गठबन्धन र एमाले उम्मेदवारले शुभकामना आदान प्रदान गर्दै मनोनयन दर्ता
पोखरा, २३ असोज/ कास्की क्षेत्र नम्बर २ मा एमाले र गठबन्धनका उम्मेदवारले एक अर्कोलाई शुभकामना दिदै मनोनयन दर्ता गरेका छन् ।
एमालेका उमेद्वारहरु मनोनय दर्ता गरेर फर्किने क्रम र सत्ता गठबन्धनका उमेद्वारहरु मनोनयनका लागि जादै गर्दा भेटभए पछि शुभकामना आदान प्रदान गरेका छन् । उनीहरुले एक अर्कालाई शुभकामना दिए भने सगै फोटो पनि खचिए ।
कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयत दर्ता गरेका छन् । त्यसै गरी प्रदेशसभाको क मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेद्वार दर्ता गरे ।
प्रदेशसभा ख मा गठबन्धनको तर्फबाट गण्डकी प्रदेशका कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापा र एमालेबाट निर्वतमान प्रदेश सांसद मिना गुरुङले उम्मेदवार बनेका छन् ।