
दुर्घटना
पोखरा, १७ असोज/ पोखराबाट झापा जाँदै गरेको कार सोमबार बिहान त्रिशुलीमा नदीमा खसेको छ । बा १० च ५४४५ नम्बरको कार नारायणगढ मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँबाट अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कार चालक लिला भट्टराई र उनकी श्रीमती देउकला दाहाल रहेका थिए । उनीहरु सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरेका थिए ।
कार अनियन्त्री भएपछि नदीमा खसको कार चालक भट्टराईले बताए । उनले आफुले पौडी खेल्न जानेका कारण बाच्न सफल भएको बताए । पौडेर केही बेर उत्रीरहेका थियो पछि स्थानीय आएर बचाए ।
कार भने नदीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।