पोखराको सेतीनदी भीरमा अड्केकी युवतीको उद्धार

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०७९ मा प्रकाशित


पोखराको सेतीनदी भीरमा अड्केकी युवतीको उद्धार

पोखराको सेतीनदी भीरमा अड्केकी युवतीको उद्धार

पोखरा, २० असोज/ पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । बुधबार राति ९ बजे चिप्लीएर भीरमा खसेर सेती किनार भन्दा माथि अड्केकी युवतीको उद्धार गरेको हो ।

करिब दुई घण्टाको प्रयास पछि गोरखा घर भई पोखरा १६ बस्ने २४ बर्षिय दुर्गा श्रेष्ठलाई उद्धार गरेका कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । राति ९ बजे भीरबाट लड्न गई सेती नदीको तिरमा अड्केको जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो ।

वडा प्रहरी कार्यालय बगरका इनिस्पेक्टर महेश कुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायव निरीक्षक मणिप्रताप थारुको कमाण्डमा खट्टिएको प्रहरी टोलीले श्रेष्ठको उद्धार गरेको हो ।

उद्धार लगत्तै पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचारका लागि लगिएको तिवारीले जानकारी दिए । उनको अवस्था सामान्य भएपछि अस्पतालले आज बिहान डिस्चार्ज गरे घर पाएको तिवारीले बताए ।