देबेन्द्र केसी
पोखरा, १६ असोज/ स्थानीय निर्वाचनमा केही स्वतन्त्र रुपमा निर्वाचनमा उत्रिएका युवाले जित हासिल गरेपछि संसदिय निर्वाचनमा दलहरुले युवाहरुलाई नै अगाडी बढाउने तरखरमा छन् ।
त्यसै तै कास्की क्षेत्र नम्बर ३ ख मा नेपाली काग्रेसबाट युवा नेतृत्वको चर्चा बढ्दो छ। उमेरले ३६ टेक्दा नटेक्दै युवा व्यवसायीका रुपमा चिनिएका देबेन्द्र केसी ब्यवसायिक सफलतामा छन् । केसीले कास्की ख को टिकट हात पार्ने तीब्र चर्चा काँग्रेसमा चलेको छ ।
लामो राजनीति नभै उद्धमशीलताका माध्यम हुँदै राजनीतिक यात्रामा होमिएका केसी सृजनशील युवा राजनीतिकर्मी हुन्। करिब चार सय बढीलाई रोजगारी दिईरहेका केसी पेशेवर राजनीति कर्मी हैन क्षमताका आधारमा नेतृत्व स्थापित हुनुपर्नेमा विश्वास राख्दछन्।
कर्म र मेहनतमा विश्वास राख्ने केसी कुटी ग्रुपमार्फत सञ्चालित दर्जन बढी ब्यवसायका सञ्चालक हुन् । जनमानसमा राम्रो ब्यवसायिक र सामाजिक छवि बनाईरहेका केसीले टिकट पाएमा अत्याधिक मतका साथ बिजयी हुने दावी गर्दछन् ।
पोखरा उद्योग बाणिज्य संघमा सदस्य र उद्योग उपाध्यक्षमा भारी मतान्तरले बिजयी भईसकेका केसी बिजयको यात्रा जारी राख्दै प्रदेश सांसद दावी गर्दछन् ।
राजनीति पेशेवर र फोहोर भईरहेका बेला यस्ता उद्धमशील, सृजनशील र क्षमतावान युवाहरुको उपस्थितिमा राजनीतिले सही मार्ग समाउने बताउ छन् । adv