निशा घिमिरे पौडेल
पोखरा, २१ असोज / नेपाल सरकारको प्रशासनीक अदालतमा कार्यरत एक कर्मचारीको डेंगुबाट मृत्यु भएको छ ।
साबिक कास्की जिल्ला सल्यान ८ लामाचौर घर भई हाल बासगढी नगरपालिका बर्दिया निबासी नेपाल सरकारको प्रशाससकीय अदालतमा कार्यरत निशा घिमिरे पौडेल डेंगुबाट मृत्यु भएको हो ।
काठमाडौंमा कार्यरत उनको असोज १८ गते निधन भएको परिवारले जानकारी दिएको छ । उनकी पाँच वर्षकी छोरी छन् भने उनका श्रीमान् अमेरीकामा कार्यरत छन् ।