एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, ४ असोज/ पोखराको लेकसाइड स्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटिएम फुटाउने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो । सोमबार राति एटिएम फोडेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनको साथबाट खुकुरी बरामद गरेको उनले बताए ।
पोखरामा पछिल्लो समय निरन्तर एटिएम फुटाइउने प्यास भइरहेको उनले बताए । लेखनाथका एक एटिमबाट फडेर करिब १४ लाख रुपैया चोरी भएको छ । त्यो आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सकेको छ ।