पोखरामा मासुपसल अनुगमन
पोखरा, ५ असोज/ पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार खुला रुपमा मासु राखेर विक्री वितरण गर्ने गरेको, मूल्यसुची नटाँसेको र सररफाइमा लापबाही गरेको देखीएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको बताए । उनीहरुलाई ५ हजारका दरले जरिवाना सहित गल्ती नदोहो¥याउने सर्तमा छोडिएको बताए ।
अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रका अनुगमन गरेको हो ।अनुगमनमा पसल दर्ता नभएको, मुल्यसुचि नभएको, मासु बध गर्ने स्थलमा सरसफाइ नभएको देखिएको र एक पसलबाट ७ केजी मासु नियन्त्रणमा लिएको छ । उत्त मासु बाख्रीको भएको भन्दै नियन्त्रणमा लिएको हो ।
दशै र तिहारमा मासुको अत्यधिक प्रयोग बढने भएकाले मासुबाट अनुगमन सुरु गरिएको र अब खाध्यान्न लगायतका पसलहरुमा गरिने र निरन्तर चल्ने पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख एंव अनुगमन संयोजक मन्जु गुरुङ बताइन् । नागरिकले पैसा तिरेपछि गुणस्तरीय समान पाउनु पर्ने उनको भनाई छ ।