उद्योगपति गणेशबहादुर श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक (अरु कस्कस्ले पाए सहित)

-


     क्लिक गण्डकी     
     असाेज ४ गते २०७९ मा प्रकाशित


गणेशबहादुर श्रेष्ठ

गणेशबहादुर श्रेष्ठ

पोखरा, ४ असोज/ पोखरा समाजसेवी तथा उद्योगपति गणेशबहादुर श्रेष्ठ कीर्तिमय राष्ट्रदिप पदकबाट लाई प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले प्रदानहरुमा पोखराका श्रेष्ठलाई कीर्तिमय राष्ट्रदिप पदक प्रदान गर्ने भएको हो । विन्ध्यवासिनी क्षेत्रविकास समितिका अध्यक्ष श्रेष्ठ, लक्ष्मी हाउसका सन्चालक हुन् ।

त्यसै गरी पोखरा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई जनसेवा श्री पदक प्रदान गरिने भएको छ । त्यसै गरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई जनसेवा श्री बिभुषण, सुप्रसिद्द प्रवल जनसेवा पदकबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, सु प्रवल जनसेवा श्री बाट मितेरी अस्पताल पोखराका पुर्व अध्यक्ष एवं अधिवक्ता शालिकराम भट्टराई सम्मानीत हुने भएका छन् ।

त्यसै गरी प्रवल जनसेवा श्री विभुषणबाट पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा आर्दश समाजका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोला, रेडियो सफलताकी सन्चालक पत्रकार दुर्गा अधिकारी, पत्रकार एवं प्राज्ञ नगेन सिंह प्रवल जनसेवा श्री पदकबाट समाजसेवी विश्व मोहन गौचन, प्राकृति प्रकोप पीडित उद्दारक पदकवाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्मा, राष्ट्र यशोवर्दक अलंकार पदकबाट लोकमणी पौडेल र सु प्रशिद्द प्रवल जनसेवा श्री पदकवाट डां टुक माया घले विभुषित हुने भएका हुन् ।



Tags: