‘पोखरा आर्ट क्याम्प’ शुरु, विभिन्न देशका १ सय १८ कलाकार सहभागी
पोखरा, १ असोज/ पोखरामा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा आर्ट क्याम्प शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आज देखी ४ गतेसम्म ‘पोखरा आर्ट क्याम्प’ चल्ने छ । क्याम्पमा नेपाल सहित भारत, बङ्गलादेश र इरानका गरी १ सय १८ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पको पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले उद्घाटन गरे ।
अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा पोखरा आर्ट क्याम्प शुरु भएको हो । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र इरानका ६ जना कलाकारले सहभागिता जनाएका छन् । आर्ट क्याम्प अन्तर्गत शनिबार भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’ गरेका छन् ।
दोस्रो दिन आइतबार कास्कीको माछापुच्छे गाउँपालिकाको घाचोकमा दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशालामा सहभागी हुने छन् भने तेस्रो दिन सोमबार पोखरा २२ पुम्दिभुम्दीको विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ । कला प्रर्दशनीले नेपाल र पोखराको कला र पर्यटन विकासमा टेवापुग्ने कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले बताए ।
‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना भएको हो । पोखरा आउन पाउदा र पोखराको प्राकृतिक सुन्दरतालाई चित्रमा कोर्न पाउदाँ विदेशी कलाकाहरुले पनि खुसि व्यक्ति गरे ।
गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमिको रुपमा चिन्निछ । विभिन्न जातिको भाषा र संस्कृति रहेका छन् । आर्ट क्याम्पमार्फÞत पोखराको सुन्दरता देश विदेशी पुग्ने विश्वास कलाकारको छ । ललितकलाको क्षेत्रमा कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जल रङ महोत्सव गरी सकेको छ । कार्यक्रममा विभिन्न व्यक्तिले शुभकामना दिदै आर्ट क्याप्ले पोखराको कला, साहित्य, संस्कृतिको बारेमा बिदेशी कलाकारले बुझ्न पाउने बताए छ ।