पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी (कस्को कति मत सहित)

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०७९ मा प्रकाशित


पवन प्रजापति

पवन प्रजापति

पोखरा, २७ भदौ/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रजापतिले १ हजार ६ सय १३ मत ल्याएर निर्वाचित भए । उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पराजित गरे । पोखरेलले ८ सय ९७ मत प्राप्त गरे ।

प्रजापतिको प्यानलबाट उपाध्यक्षबाहेका सबै पदाधिकारी र कार्यसमिति सदस्य ६ जना विजयी भए । वरिष्ठ उपाध्यक्षमा पवन समूहका गोकर्ण कार्की विजयी बने । गोकर्णले १ हजार ७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७ सय ३८ मत प्राप्त गरे ।

उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसीले १ हजार ७ सय ९१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७ सय २० मत ल्याए । वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान् बुद्धाचार्यले ९ सय ६९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सोवित पौडेलले ८ सय ७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६ सय ४८ मत प्राप्त गरिन् ।

महासचिवमा बलराम आचार्यले ९ सय १० मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८ सय २९ मत ल्याए । अर्का प्रतिस्पर्धी तारानाथ ढुंगानाले ७ सय ५९ मत प्राप्त गरे । कोषाध्यक्षमा १ हजार ५ सय ९९ मतसहित दिनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९ सय ५ मत प्राप्त गरे । उपमहासचिवमा शोभा गौतम १ हजार ७ सय ५५ मतसहित विजयी बनिन् । उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७ सय ५८ मत ल्याए ।

कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बने । वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लेखनाथ सुवेदी (२३) र लीलाधर चपागाईं (२२) विजयी बने । संघको शनिबार सम्पन्न निर्वाचनमा ३ हजार १ सय ४३ जना मतदाता रहेका थिए । २ हजार ५ सय ४९ जनाले मतदान गरेका थिए ।

सदस्यमा
उदय केसी लाहुरे दाई १०५६
कृष्णप्रसाद कोइराला १२८८
दिलिप कुमार श्रेष्ठ १३०९
दुर्गा रञ्जित श्रेष्ठ ८६१
धर्मेन्द्रकुमार बाटाजु १०५४
प्रभा सुबेदी १४४८
बालकृष्ण कोइराला १३६२
विनोद केसी ११२१
भरत केसी १३०९
भीम गौतम १२७९
मनोजकुमार श्रेष्ठ १२२२
माधव बस्ताकोटी १२६०
यमनाथ तिमिल्सिना ११२१
यादव प्रसाद पोखरेल ९०४
रामचन्द्र शर्मा १०२३
ललितबहादुर कुँबर १०४६
सुदिप ओझा ११३७
सुदिप प्रधानाङ १३३५
हिमनिधि लौडारी ८५५



Tags: