जुवा तास
पोखरा, २६ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जुवाडेलाई पक्राउ गरेको छ ।
शनिबार बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरु साथबाट प्रहरीले २ सय ११ पत्ती तास नियन्त्रण लिएको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए ।
पक्राउ पर्नेमा पोखरा १३ मियापाटन बस्ने ४४ बर्षीय सूर्यकुमारी गुरुङ, पोखरा ११ रानीपौवाका ३८ बर्षीाय ललितकुमार बस्नेत, ३५ वर्षीय रुपक बस्नेत, पोखरा ११ फुलबारीका ४० वर्षीय दीपक खड्का, पोखरा ७ का ३१ वर्षीय सूर्य थापा, धादिङ घर भई पोखरा ११ का ३७ वर्षीय रमेश ठकुरी, पोखरा १३ का ४० वर्षीय आश गुरुङ र पोखरा १० का ४४ वर्षीय कमला गुरुङ पक्राउ परेका हुन् ।