पोखरा, १५ बैशाख/ पोखरा महानगरपालिका–१५ टुटुङ्गा बसपार्क क्षेत्रमा जुवातास खेल्दै गरेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साझँ जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट नगद ६३ हजार ३२० रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान…
पुरा पढौ