जुवा तास
पोखरा, १२ माघ/ पोखरा महानगरपालिका ७ राष्ट्रबैंक स्थित एक खाजा घरमा बिहीबार बेलुका जुवा तास खेल्दै गरेको अबस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । करिब ४४ हजार रुपैया सहित उनीहरुलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले समिता आलेले संचालन गरेको समिता खाजा घरमा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई तास र ४३ हजार ६ सय ५५ रुपैया नगद सहित नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदामका डिसपी राजेन्द्र श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा बागलुङ तमनखोला गाउँपालिका १ घर भई पोखरा ७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की समिता आले, भारत घर भई हाल पोखरा ७ राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका वडा ६ घर भई हाल पोखरा ७
मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका ७ बस्ने वर्ष ५२ का सुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका ७ घर भई पोखरा महनागरपालिका ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेका छन् ।