पोखरामा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख १५ गते २०८३ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, १५ बैशाख/ पोखरा महानगरपालिका–१५ टुटुङ्गा बसपार्क क्षेत्रमा जुवातास खेल्दै गरेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साझँ जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूबाट नगद ६३ हजार ३२० रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।



Tags: