जुवा तास
पोखरा, १४ बैशाख/ कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट जुवा तास खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैया सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ पर्नेमा पोखरा २ अर्चलबोटका राम बहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेक बहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिव प्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन् ।