चौथो वार्षिकोत्सवमा फोटोग्राफी अवार्ड वितरण

-


     क्लिक गण्डकी     
     भाद्र २२ गते २०७९ मा प्रकाशित


चौथो वार्षिकोत्सवमा फोटोग्राफी अवार्ड वितरण

चौथो वार्षिकोत्सवमा फोटोग्राफी अवार्ड वितरण

पोखरा, २२ भदौ/ फोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ ।

भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो । उक्त प्रतियोगितामा पर्वतका समीर रेग्मी विजेता बनेका छन् । प्रकृति तथा ल्यान्डस्केप विधामा उनको तस्बिर उत्कृष्ट घोषित भएको थियो ।

उनले उत्कृष्ट तस्बिरका लागि ५ हजार एक रुपैयाँ,प्रमाणपत्र र ट्रफी पुरस्कार पाए । सोही विधामा रञ्जित गुरुङ, नारायणहरि अधिकारी, कुलराज चौधरी, बब शाही र सन्देश उदासका तस्बिर उत्कृष्ट ५ भित्र पर्न सफल भएको संस्थाका सचिव तुलसीराम सुवेदीले जानकारी दिए ।

यसै गरी, विवाह फोटो प्रतियोगितामा उदय थुलुङलाई उत्कृष्ट तस्बिरको अवार्ड प्रदान गरियो । उनले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रमाणपत्र र ट्रफी पाए । उक्त विधामा अमीत रञ्जित, सञ्जय गौतम, सन्देश उदास, दीपेन्द्र बुढाथोकी र निरोज भण्डारी उत्कृष्ट ५ भित्र पर्न सफल भए ।

यो पुरस्कार सञ्चालनका लागि संघका सदस्य भक्त तामाङले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनी विवाह फोटो प्रतियोगिता पुरस्कार समिति संयोजक पनि हुन् । यसअघि, वष्ठि कलाकार एवं कार्टुनिष्ट दुर्गा बरालले कार्य क्रम उद्घाटन गर्दै राम्रो फोटो खिच्नु पनि एउटा रचनात्मक काम भएको बताए ।

फोटोग्राफीे काममा सिर्जनशीलता आवश्यकता पर्ने र कला झल्किनु पर्ने भन्दै उनले आफू पनि तस्बिर खिच्ने कार्यका लागि सौखिन व्यक्ति भएको बताए । आयोजक संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले विवाहसम्बन्धी फोटो प्रतियोगिता बर्षै भरी निरन्तर चलिरहने कार्यक्रम भएको बताउँदै यसमा भाग लिन सबै फोटोग्राफरहरुसँग आग्रह गरे। प्रतियोगितामा भाग लिएर फोटोग्राफीको क्षेत्रमा अघि बढ्न मद्दत पुग्ने विश्वास पनि उनले सो अवसरमा दिलाए । उक्त कार्यक्रममा अक्षयकोष दाता भक्त तामाङलाई सम्मान गरीएको थियो , पोखरा फोटोग्राफर संघको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा फोटोग्राफर संघ गण्डकी का उपाध्यक्ष नारायण के.सी.ले स्वागत सघका सल्लाहकार गणेश छवि, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका बिनोद ढकाल फोटो पत्रकार एवं जुरि टिमका राम गुरुङ, फोटो संकलक सुनिल उलक, एभरेष्ट एफ एम का निर्देशक दिपेन्द्र श्रेष्ठ,नेपाल पत्रकार महासघ गण्डकीका महासचिव गोविन्द सुवेदी, न पाल पत्रकार महासघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सेना, फोटोग्राफी शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेल ले आ–आफ्नो भनाइ राखेका थिए । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संचालन संस्थाका सचिव तुलसीराम सुवेदीले संचालन गरेका थिए ।