भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही

-


     क्लिक गण्डकी     
     भाद्र १२ गते २०७९ मा प्रकाशित


भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही

भूमिगत तलालाई पार्किङका बनाउन पोखरा महानगरको आग्रह, नबनाए कारबाही

पोखरा, १२ भदौ/ पोखरा महानगरपालिकाले महानगर भित्रका निमार्ण भएका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ ।

नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ ।

अन्य प्रयोजनका लागि प्रयोग गरिदैं आएका भूमिगत तला आइतबारको दिन देखि ३५ दिनभित्र खाली नगरेमा कारबाही गरिने सूचनामा उल्लेख गरेको छ ।



Tags: ,