पोखरामा वर्षा, नालामा खसेर बालकको मृत्यु

-


     क्लिक गण्डकी     
     भाद्र ११ गते २०७९ मा प्रकाशित


शव

शव

पोखरा, ११ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १६ मा नालामा खसेर एक जनाको मृत्यु भएको हो ।

गएराति परेको बर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ बर्षिय रविन तिवारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पोखरा १९ काउरेका रविन आमा र दिदी सगँ दरखाएर राति साढे ८ बजे घर फर्किदै गर्दा नालामा खसेको उनले बताए । राति नालामा खसेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए ।

नालामा खसेको करिब साढे १ घण्टामा भेटिएका उनलाई पोखराका मणिपाल अस्पताल लगेको पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष अमृत तिमिल्सिनाले बताए ।

अस्पतालमा चिकित्सकले मृत घोषण गरेका थिए । पोखरा शुक्रबार बेलुका ठुलो वर्षा भएको थियो । वर्षाका कारण तीज मनाउन हिडेकाहरुलाई अप्ठेरो बनाएको थियो ।



Tags: