#मृत्यु

पोखरामा वर्षा, नालामा खसेर बालकको मृत्यु

पोखरा, ११ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १६ मा नालामा खसेर एक जनाको मृत्यु भएको हो । गएराति परेको बर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ बर्षिय रविन तिवारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । पोखरा १९ काउरेका रविन आमा र दिदी सगँ दरखाएर राति साढे ८ बजे घर फर्किदै गर्दा नालामा खसेको उनले बताए । राति नालामा खसेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । नालामा खसेको करिब साढे १ घण्टामा भेटिएका उनलाई पोखराका… पुरा पढौ

स्याङ्जामा दाजुको कुटपिटबाट भाइको मृत्यु

स्याङ्जा, ५ साउन/ स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कोटपिट हुदाँ भाइको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो । ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरामा प्रहरी जवानको उपचारको क्रममा मृत्यु

पोखरामा तालिमरत प्रहरी जवानको उपचारको क्रममा मृत्यु
पोखरा, ३२ असार/ पोखरामा तालिमरत एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङको जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् । गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिममा रहेकी थापाको उपचारका क्रममा मृत्यु भएको हो । नियमित शारीरिक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरीएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले असार ३० गते मृत घोषणा गरेको हो ।… पुरा पढौ